दार्जिलिङमा नेपाली भाषाको टिभी प्रशारण रोक

दार्जिलिङमा नेपाली भाषाको टिभी प्रशारण रोक

केन्द्रबिन्दु
0
Shares

पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ। सिलिगुडीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्ककको कार्यालयमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी गरेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ। 

इन्टरनेट सेवामा एक महिनाअघिदेखि नै प्रतिबन्ध छ। भारतको पहिलो नेपाली टीभी च्यानमाथि प्रतिबन्धपटि दार्जिलिङका नेपाली भाषी थप आन्दोलित बनेका छन्। बंगाल सरकारले गोर्खाल्याण्ड आन्दोलनलाई थप दमन गर्ने नीतिअनुसार टीभीमा समेतप्रतिबन्ध लगाएको उनीहरुको आरोप छ।

एबीएन टीभीका सिनियर जर्नालिस्ट रूबेन गुरुङले बंगाल सरकारको ठाडो निर्देशनमा प्रसारण बन्द गराइएको बताए। ‘पूर्वजानकारी बिना अचानक तालाबन्दी गर्दा हामी आतंकित छौ,’ उनले भने,‘ यो बंगाल सरकारको ज्यादती हो।’

उक्त च्यानलले गोर्खाल्याण्डको पक्षमा समाचार प्रशारण गरेको प्रशासनको आरोप छ। सिलगुढीका प्रहरी कमिसनर नीरज सिंहले माथिको आदेशअनुसार टिभी प्रशारण रोकिएको बताए।

Logo