नसोचेको जिम्मेवारी पाएँ : कोविन्द

नसोचेको जिम्मेवारी पाएँ : कोविन्द

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली, ५ साउन । निर्वाचित भएपछि रामनाथ कोविन्दले आफू गरीव तथा तल्लो वर्गका नागरिकहरूको प्रतिनिधित्व गरेर राष्ट्रपति भवन छिर्न लागेको बताउनु भएको छ । 

मुलुकको सवै भन्दा ठूलो पदमा निर्वाचित हुन पाउँदा भावुक भएको र गाँउमा हुँदाका क्षणहरूको सम्झना भइरहेको बताउनु भयो । 

उहाँले राष्ट्रपति बन्ने लक्ष्य कहिल्यै नलिएकोे बताउदै नसोचेको जिम्मेवारी पाएकाले देश र जनताको सेवामा अझ बढी लाग्ने अठोट व्यक्त गर्नुभयो । 

पुर्वराष्ट्रपतिहरू डा राजेन्द्र प्रसाद, एपीजे अब्दुल कलाम लगायतलाई स्मरण गर्दै उहाँले विद्वानहरूको उत्तराधिकारी हुँन पाउदा गौरव महशुस भएको बताउनुभयो । उहाँले आफूलाई विश्वास गरेकोमा मतदाताहरू प्रति अभार व्यक्त गर्दै जनताको सर्वोत्तम हितका लागि मात्रै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

निर्वाचनमा आफुसँग प्रतिश्पर्धा गर्नुभएकी मिरा कुमारलाई पनि कोविन्दले धन्यबाद र शुभकामना व्यक्त गर्नुभएको छ । 

बधाईको ओइरो 

राष्ट्रपतिका प्रतिस्पर्धि मीरा कुमार कुमारले पनि बधाई तथा शुभकामना दिनुभएको छ । नयाँ राष्ट्रपति देश र जनताको सेवामा सफल हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ । 

निर्वाचन सफलतापुर्वक सम्पन्न गराएकोमा निर्वाचनमा खटिएका पदाधिकारीहरूलाई धन्यबाद दिनुभएको छ भने मतदाताहरू प्रति पनि उहाँले कृतज्ञता ज्ञापन गर्नुभएको छ । 

आफू पराजित भएपनि आफ्नो विचार धाराको लडाई भने जारी रहने उहाँले अठोट व्यक्त गर्नुभएको छ । जातीय विभेद विरुद्ध आफूले संघर्ष गरिरहने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । 

सामाजिक न्याय, पारदर्शिता, धर्मनिरपेक्षता सहितको मुलुक आफ्नो चाहना भएको कुमारले बताउनु भयो । 

राष्ट्रपतिमा निर्वाचित भएपछि कोविन्दलाई बधाईको ओइरो लागेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहसहित देशका विभिन्न नेताहरूले उहाँलाई भेटेरै बधाई दिनुभएको छ । 

त्यसैगरी विभिन्न देशका राष्ट्रपति तथा प्रधानमन्त्रीहरूले पनि उहाँलाई फोन गरेर बधाई दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 
उहाँको गाँउमा भव्य खुशियाली छाएको छ । उहाँका इष्टमित्र, आफन्त र शभेच्छुकहरूले पनि खुशीयाली मनाएका छन् । भारतका संचार माध्यमहरूले पुरै उहाँ निर्वाचित भएको र त्यसपछिको खुशियालीमा केन्द्रित भएका छन् । रासस÷ पीटीआई÷एएफ्पी 

Logo