कानून ब्यवसायी भारतको १४ औं राष्ट्रपति

कानून ब्यवसायी भारतको १४ औं राष्ट्रपति

केन्द्रबिन्दु
0
Shares

उत्तर प्रदेशको दलित समुदायवाट राजनीतिमा आएका पूर्व कानून ब्यवशायी रामनाथ कोबिन्द भारतका १४ औं राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् । भारतीय जनता पार्टीका नेता कोबिन्द बिहारको राज्यसभा सदस्य हुँदै राज्यपाल समेत बनेका थिए । उनी उत्तर प्रदेशको तर्फवाट राष्ट्रपतिमा निर्वाचित हुने दोस्रो ब्यक्ति हुनुहुन्छ ।

भारतिय संविधानको राम्रो ज्ञान राख्ने कोबिन्द दलित उत्थान र मानवताको क्षेत्रमा सक्रिय नाम रहेको कारण पनि यसपटक विजेपीले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । उत्तर प्रदेशको कानपुरमा सन् १९४५ अक्टुबर १ तारिखमा जन्मिएका कोबिन्द उत्तर प्रदेशकै अनुसुचित जातिको रुपमा रहेको कोरी वा कोली समूदाय अन्तर्गत पर्छन् । दिल्लीको उच्च न्यायलयमा वकालत समेत गरेका कोबिन्दले दिल्ली हाई कोर्टमा केन्द्र सरकारको वकिलको रुपमा समेत काम गरेपछि उनलाई बिहारको राज्यपालमा नियुक्त गरिएको थियो । कानपुर युनिभर्सिटीवाट बिकम र एलएलबी गरेका कोबिन्द दिल्ली हाई कोर्टमा केन्द्र सरकारको तर्फवाट सन् १९७७ देखि ७९ सम्म वकील समेत रहेका थिए । दिल्ली हाई कोर्ट र सुप्रीम कोर्टमा १६ बर्षसम्म काम गरेका कोबिन्द पछि दिल्ली बार काउन्सिलमा समेत मनोनित भएका थिए ।

सन् १९९१ मा भारतीय जनता पार्टीमा प्रवेश गरेका कोबिन्द सन् १९९४ मा उत्तर प्रदेशको राज्य सभामा निर्वाचित भए । उनी पूनः निर्वाचित हुदैं राज्य सभामा लगातार १२ बर्ष रहेका थिए ।

कानून ब्यवसायी रहने क्रममा उनले धेरै दलित जनजाती र गरीवहरुको मुद्धा निशुल्क लड्ने काम समेत गरेका थिए भने १२ बर्षको सांसदको कार्यकालमा उनले शिक्षाको क्षेत्रमा धेरै नै काम गरेका थिए ।

सन् १९७४ मा कोबिन्दले सबिता कोबिन्दसंग विवाह गरे । उनीवाट एक छोरा प्रशान्त र छोरी स्वाति रहेका छन् । 

एजेन्सी, ५ साउन ।

 

Logo