रामनाथ कोविन्द बने भारतको १४ औं राष्ट्रपति

रामनाथ कोविन्द बने भारतको १४ औं राष्ट्रपति

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेक्स । ५ साउन, काठमाडौं ।

नयाँ दिल्ली (भारत), ५ साउन । रामनाथ कोविन्द भारतीय राष्ट्रपतिमा निर्वाचित हुनुभउको छ । भारतीय इतिहासमा तल्लो जातबाट निर्वाचित हुने कोविन्द दोस्रो भाग्यशाली व्यक्तित्व हुनु भएको छ । 

भारतीय संवैधानिक राष्ट्रपतिको संवैधानिक पदमा लागि भएको भारतीय संसद तथा राज्य सभाका सदस्यबाट उहाँलाई ६५ प्रतिशत मत प्राप्त भएको, निर्वाचन आयोगले जनाएको छ । 

एकहत्तर बर्षीय पूर्व वकील तथा राज्य सरकारका गभर्नर भइसक्नु भएका सिमान्तकृत दलित समुदायका कोविन्दलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी गठवन्धनका ‘नेशनल डेमोक्रेटिक एलायन्स ( एनडीए)’ तर्फबाट उहाँको नाम मनोनयन भई गत सोमबार मतदान भएको थियो । मतगणना बिहीबार सम्पन्न भएको हो । 

विपक्षी गठबन्धनको उम्मेदवारलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४औं राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । भाजपा नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठवन्धनबाट राष्ट्रपतिका उम्मेदवार बन्नु भएका कोविन्दले ६५.३५ प्रतिशत मत प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी कंग्रेस आई नेतृत्वको युपीए गठबन्धनकी उम्मेदवार मीरा कुमारले ३४.३५ प्रतिशत मत पाउनु भएको छ । 

साउन २ गते सम्पन्न निर्वाचनपछि आज सम्पन्न मतगणनामा कोविन्दले ७ लाख २ हजार ४४ मत पाउँदा मीरा कुमारले ३ लाख ६७ हजार ३१४ मत पाउनु भएको आयोगले जनाएको छ । 

निर्वाचनमा भारतका लोकसभाका र राज्य सभाका सांसदले मतदान गरेका थिए । 

उत्तर प्रदेशका दलित नेताका रुपमा चिनिनु भएका कोविन्द दुई पटक राज्यसभा सदस्य भइसक्नु भएको छ । 

भारतका वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल यही साउन ९ गते सकिएपछि नवनिर्वाचित राष्ट्रपति कोविन्दले राष्ट्रपतिको जिम्मेबारी सम्हाल्नुहुने छ । 

कानुनको राम्रो ज्ञाता, विसान तथा गरिब दलित समुदायबाट प्रतिनिधित्व गर्ने कोविन्द उत्तर प्रदेशबाट राष्ट्रपति हुने पहिलो व्यक्ति हुनुहुन्छ ।

सत्तारुढ दलले दलित उम्मेदवारलाई बनाएपछि प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले पनि पूर्व सभामुख मीरा कुमारलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । 
यसैबीच प्रधानमन्त्री मोदीले ट्वीट गर्दै नवनिर्वाचित राष्ट्रपति कोविन्दलाई वधाई ज्ञापन गर्नुभएको छ । 

सन्देशमा भनिएको छ, “श्री रामनाथ कोविन्दलाई भारतको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा वधाई ! तपाईँको पलदायी तथा प्रेरणादायी कार्यकालका लागि शुभकामना ।” 
यसैबीच कोविन्द राष्ट्रपतिमा निर्वाचित भएसँगै प्रधानमन्त्रीको भारतीय सत्तामा थप बल पुग्ने विश्वास विश्लेषकहरूले बताएका छन् । कोविन्दलाई राष्ट्रपति बनाएसँगै अछुत भनिने भारतीय दलित समुदायलाई भाजपाले महत्वपूर्ण सन्देश दिएको छ । 

भारतको जम्मा एक अर्व ३० करोड जनसङ्ख्यामा करिब २० करोड जनसङ्ख्या गरीब दलित समुदायको रहेको छ । उहाँ भारतीय इतिहासमा दलित समुदायबाट राष्ट्रपति बन्ने दोस्रो व्यक्ति हुनुहुन्छ । रासस/पीटीआई/एएफ्पी 

 

Logo