अश्लिल साईट हेर्नु अगाडी फेसबुक लग आउट गर्नुहोस्

अश्लिल साईट हेर्नु अगाडी फेसबुक लग आउट गर्नुहोस्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ३ साउन ।

फेसबुक लगआउट नगरी कुनै पनि किसिमको अश्लिल वेवसाईट हेर्ने युजरलाई ट्रयाक गर्ने सम्भावना बढी हुने गरेको छ । किनकी अश्लिल वेवसाईट खोल्दा फेसबुकको प्लगइनलाई उक्त साईटले ट्रयाक गर्छ र आफ्नो इच्छा अनुसार तपाईको पेजमा विज्ञापनहरु पछि देखाउन थाल्छ ।

फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई आफ्नो साईट प्रयोग गर्दा दिएको फारममै स्पष्ट रुपमा लेखेको हुन्छ ‘हामी त्यो बेला मात्र तपाईको जानकारी संकलन गर्छौ जब तपाई थर्ड पार्टीको एप्स वा वेवसाईटमा गएर हाम्रो सेवाले दिएको लाईक, सेयर वा लगइन गर्नुहुन्छ भने हामी तपाईको जानकारी राख्न सक्छौं । ’

द सन् पत्रिकाका अनुसारा ७ बर्ष अगाडी फेसबुकले लाईक र सेयर गर्ने प्रयोगकर्ताको एकाउन्ट ट्रयाक नगर्ने जनाएको थियो । सन् २०११ मा फेसबुकले हामीले सोसल प्लगइनहरुलाई ९० दिनमा डिलिट गर्ने ब्यवस्था मिलाएको र कसैलाई पनि बिक्रि नगर्ने गरेको बताएको थियो । तर फेसबुकले पछि लाईक, सेयर र फेसबुक मार्फत् लगइन हुने प्रयोगकर्तालाई निगरानी राख्न थाल्यो । जसको कारण लाईक, सेयर र फेसबुक लगइन गर्नेहरुको जानकारी एल्मे नामक फर्मले क्याप्चर गर्न थालेको छ ।

फेसबुकले हालै आफ्नो ब्लगमा आफुहरुले आफ्ना प्रयोगकर्ताको चाहना अनुसार विज्ञापन दिने प्रयास गरिरहेको जनाएको छ । उनीहरुका अनुसार आफ्ना प्रयोगकर्ताले फेसबुकको प्रयोग गर्दै अन्य वेवसाईट भिजिट गरेको ट्रयाक गर्ने जनाएको छ ।

यदी तपाई पनि विज्ञापनका लागि फेसबुकलाई ब्राउजिङ हेर्न दिनुहुन्छ भने फेसबुकलाई पहिला लग आउट गर्नुहोला । (एजेन्सी)

Logo