पूर्व महान्यायाधिवक्तालाई २१ वर्ष जेल सजाय

पूर्व महान्यायाधिवक्तालाई २१ वर्ष जेल सजाय

केन्द्रबिन्दु
0
Shares

मकाउ, ३० असार । चीनको विशेष प्रशासनिक क्षेत्र मकाउका पूर्व महान्यायाधिवक्ता हो चिओ मेङलाई २१ वर्षको जेल सजाय सुनाइएको छ । 

विशेष प्रशासनिक क्षेत्रको अदालतले अन्तिम फैसला भन्दै २१ वर्षे जेल सजाय तोकेको अधिकारीहरूले जानकारी दिएका छन् । 

उनले लामो समयसम्म धेरै नियम कानून उलङ्घन गरेकाले उहाँविरुद्धको मुद्दा निकै जटिल बनेको न्यायाधीशहरूले ठहर गरेका छन् । उनको जस्तो अवस्था दुर्लभ र अपवाद जस्तो भएको पनि न्यायाधीशहरूको बुझाइ छ । 

मकाउ प्रशासनिक क्षेत्रको एउटा सार्वजनिक निकायको प्रमुखको हैसियतमा उनले लामो समय काम गर्दा उनले पदीय जिम्मेवारी र अधिकारको दुरूपयोग गर्नुका साथै कानून र अनुशासनको उलङ्घन गरेको पाइएको छ । 

कानून र अनुशासनको उलङ्घन गरेको आरोप लागेपछि उनलाई सन् २०१६ को डिसेम्बरमा नियन्त्रणमा लिइएको थियो । रासस/सिन्ह्वा 

Logo