इन्टरनेट बन्द भएपछि सञ्चारका लागि नेपाली सिम प्रयोग गर्दै दार्जिलिङबासी

इन्टरनेट बन्द भएपछि सञ्चारका लागि नेपाली सिम प्रयोग गर्दै दार्जिलिङबासी

केन्द्रबिन्दु
0
Shares

एजेन्सी २७ असार २०७४ । 

पश्चिम बंगालबाट अलग राज्य गोर्खाल्यान्ड माग गर्दै दार्जिलिङबासी आन्दोलनमा छन् । आन्दोलनका कारण दार्जिलिङमा जून १७ देखि इन्टरनेट सेवा बन्द छ । सञ्चार सेवाका लागि दार्जिलिङबासी नेपाल तथा भुटानको सिम प्रयोग गरिरहेका छन् । 

नेपालको पशुपतिनगर तथा काँकडभिट्टा दार्जिलिङबाट नजिक पर्छ। कालिम्पोङबाट भूटानको सिमाना जोडिन्छ । त्यसैले दार्जिलिङबासीले अहिले नेपाली तथा भूटानी टेलिकम कम्पनीका सिम प्रयोग गरिरहेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।

गत जूनदेखि पर्यटकिय क्षेत्र दार्जिलिङका सडकमा पर्यटक देखिँदैनन् । बजार बन्द भएका कारण सडकहरु सुनसान छन् । दैनिक उपभोग्य बस्तुको अभावका कारण स्थानीयवासीले धेरै कस्ट व्यहोर्नुपरेको छ ।

दशकौंदेखिको गोर्खाल्यान्ड राज्यको मुद्दा दार्जिलिङमा फेरि उठेको छ । जसका कारणा दार्जिलिङ अशान्त छ ।  जूनयता मात्रै ३ जनाले ज्यान गुमाइसकेका छन् । आन्दोलनका कारण यस क्षेत्रको अर्थतन्त्रमा ८ सय करोड भारुभन्दा धेरैको व्यापार घाटा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  

Logo