खाना ढिला बनाएको झोंकमा रक्सीले मातेका श्रीमानले गोली हानेपछि श्रीमतीको मृत्यु

खाना ढिला बनाएको झोंकमा रक्सीले मातेका श्रीमानले गोली हानेपछि श्रीमतीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

एजेन्सी २७ असार २०७४ । 

खाना ढिला बनाएको भन्दै मादक पदार्थ सेवन गरेका श्रीमान्ले गोली प्रहार गर्दा गम्भिर घाइते भएकी महिलाको मृत्यु भएको छ। ६० वर्षका एक वृद्धले खाना ढिला बनाएको भन्दै श्रीमतीलाई नशाको सुरमा गोली हानेको गरेको प्रहरीले जनाएको छ। घटना भारतकाे हाे। 

अशोककुमार शनिबार राती रक्सी आएर घर आएका थिए। त्यसपछि उनको श्रीमतीसँग विवाद बढ्यो। गाजियावादका प्रहरी अधिकारी रुपेश सिंहका अनुसार त्यसपछि आफ्नी श्रीमतीमाथि गोली प्रहार गरेको उनले स्विकारेका छन्।

गोलीप्रहारबाट घाइते भएकी ५५ वर्षकी सुनयनालाई अस्पताल लगिएको थियो। तर टाउको गम्भिर चोट लागेकी सुनयनाको मृत्यु भयो। अशोककुमारले आफ्नो गल्ति स्विकारिसकेको प्रहरीले जनाएको छ। ‘अशोककुमार नियमित रक्सी सेवन गर्थे।

शनिबार उनीसँग यही विषयलाई लिएर श्रीमतीेले झगडा झिकिन्। तर यति नै बेला उनलाई खाना खान मन थियो । झगडाकै क्रममा गोली प्रहार गरेको अशोककुमारले स्विकारे,’ प्रहरी अधिकृत सिंहले भने।

भारतमा घरेलु हिंसा सबैभन्दा धेरै दर्ता हुने अपराध हो। सन् २०१५ मा प्रत्येक ४ मिनेटका दरले घरेलु हिंसाको अपराध प्रहरीमा दर्ता भएको थियो।

Logo