ट्रम्प र पुटिन आमनेसामुने हुँदै

ट्रम्प र पुटिन आमनेसामुने हुँदै

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्यादिमिर पुटिन विश्वका दुई शक्तिशाली व्यक्ति हुन् । तर अमेरिकाको राष्ट्रपति चयन भएपछि अहिलेसम्म ट्रम्पले पुटिनलाई भेटेका छैनन् ।

ट्रम्पमाथि विपक्षीहरुले के आरोप लगाएका छन् भने उनलाई राष्ट्रपति बनाउन रुसले भूमिका खेलेको छ । रुसी जासूसहरुले तत्कालीन ओबामा प्रशासन र राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टनका गोप्य फाइलहरु सार्वजनिक गरिदिएपछि ट्रम्पलाई चुनाव जित्न सहज भएको थियो । तर ट्रम्पले पुटिनसँग आफ्नो कुनै पनि सम्बन्ध नरहेको बताउँदै आएका छन् ।

राष्ट्रपति बन्नुअघि ट्रम्पले आतंकवाद विरुद्ध लड्का लागि अमेरिका रुस मिलेर अघि बढ्नुपर्ने धारणा राख्ने गरेका थिए । तर राष्ट्रपति भइसकेपछि ट्रम्प रुसका विषयमा खासै बोल्दैनन् । यी दुई नेताबीच जर्मनीको ह्याम्वर्गमा जी २० सम्मेलनका दौरान शुक्रबार भेटवार्ता हुँदैछ ।

दुई नेताबीच १ घण्टा भेटको समय तय गरिएको छ । बिहीबार मात्रै ट्रम्पले रुसलाई युक्रेनमा अस्थिरता फैलाउन काम बन्द गर्न आग्रह गरेका थिए । उनले मस्कोले सिरिया र इरानजस्ता निरङ्कुश राष्ट्रलाई समर्थन गर्न छाडेर जिम्मेवार राष्ट्रहरुसँग सहकार्य गर्नुपर्ने धारण राखेका थिए । ट्रम्पले अमेरिकासँग सहकार्य गरेर अघि बढ्न रुसलाई आग्रह गरेका थिए ।

यस विषयमा रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले कुनै प्रतिक्रिया दिन अस्विकार गरेको छ । रुसले सन् २०१४ मा क्रिमियालाई आफ्नाु भूभागमा गाभेको थियो । त्यसयता पूर्वी युक्रेनका विभाजनकारीहरुलाई हतियार र सेना पठाएर सहयोग गरेको आरोप रुसमाथि छ ।

अमेरिकाले सिरियामा राष्ट्रपति बसर अल असद विरुद्ध उत्रिएका विपक्षी समूहहरुलाई सहयोग गरिरकेको छ । जबकी रुस असदको सबैभन्दा ठूलो सहयोगी हो ।
यस्तो परिवेशबीच यी दुई देश दशकौंदेखिको चिसो सम्बन्धको सम्भावित मिलनबिन्दू खोजिरहेका छन् ।

Logo