ह्याकरले चोरेको ६० करोड अमेरिकी डलरको ‘क्रिप्टोकरेन्सी’ मध्ये आधा फिर्ता

ह्याकरले चोरेको ६० करोड अमेरिकी डलरको ‘क्रिप्टोकरेन्सी’ मध्ये आधा फिर्ता

केन्द्रबिन्दु
0
Shares

इतिहासकै सबैभन्दा ठूलो ‘क्रिप्टोकरेन्सी’ चोरी मानिएको घटनामा संलग्न ह्यकरहरूले चोरी गरेको रकममध्ये आधा फिर्ता गरेका छन्। ह्याकरहरूले ६० करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेकोमा २८ करोड अमेरिकी डलर फिर्ता गरेका हुन्। 

ब्लकचेन साइट पोली नेटवर्कको सुरक्षा प्रणालीमा रहेको छिद्र प्रयोग गरेर ‘इथर’ जस्ता हजारौँ क्रिप्टोकरेन्सी टोकन चोरी गरेको एक दिनभित्रै आधा रकम ह्याकरहरूले फिर्ता गरेका हुन्। 

ट्वीटरमार्फत् सन्देश दिँदै संवादमा आएर ह्याक भएको सम्पत्ति फिर्ता गर्न पोली नेटवर्कले आग्रह गरेको थियो। 

‘आफूलाई रकममा चासो नभएको’ भन्दै ह्याकरहरूले सो रकम फिर्ता गरेका हुन्। 
‘मानिसहरूको सम्पत्ति यसरी चोरिनु राम्रो होइन। तर, यसबाट केही सिक्न जरुरी छ कि छैन?’ ह्याकरले सन्देशमार्फत् प्रश्न गरेका छन्। 

पोली नेटवर्कमा आफूले छिद्र भेटेको र आफूले त्यसै छोडेको भए पोली नेटवर्कले आफ्नो कमजोरीलाई चुपचाप हटाउने भएकाले सन्देश दिनका लागि चोरी गरेको ह्याकरको दाबी छ। 

इथर, बाइनान्स र युएसडिसी क्रिप्टोकरेन्सी चोरी भएको उक्त कम्पनीले जनाएको थियो।

Logo