चीनका ७७ करोड ७० लाख नागरिकले लगाए काेराेनाविरूद्ध खोपको पूरा मात्रा

चीनका ७७ करोड ७० लाख नागरिकले लगाए काेराेनाविरूद्ध खोपको पूरा मात्रा

केन्द्रबिन्दु
0
Shares

चीनमा ७७ करोड ७० लाख व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा खाेप लगाइएको छ। 

एउटा मात्रै खोप लगाएकाहरुको सङ्ख्या अझै धेरै भए पनि दुवै खोप लगाएर खोपको मात्रा पूरा गरेकाहरुको सङ्ख्या ७७ करोड ७० लाख पुगेको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। 

हालसम्म चीनमा एक अर्ब ८३ करोड डोज खोप लगाइएको राष्ट्रिय स्वास्थ्य निकायका प्रवक्ता मी फेङले एक पत्रकार सम्मेलनमा बताए।  

चीनको हुबे प्रान्तको वुहान शहरबाट सुरु भएको यस कोरोना भाइरसको महामारी न्यूनीकरणका लागि अहिलेसम्म खोप नै एक मात्र उपाय मानिएको छ। महामारी न्यूनीकरणका लागि खोपको प्रयोग पनि सबैभन्दा बढी चीनमा नै भएको छ। 

Logo