भारतले आज आफ्नो ७५ औँ स्वतन्त्रता दिवस मनाउँदै

भारतले आज आफ्नो ७५ औँ स्वतन्त्रता दिवस मनाउँदै

केन्द्रबिन्दु
0
Shares

भारतले आज आफ्नो ७५ औँ स्वतन्त्रता दिवस मनाउँदैछ। अगष्ट १५ का दिन भारतले स्वतन्त्रता दिवस मनाउँदै आएको छ। 

सन् १९४७ को अगष्ट १५ मा भारत बेलायत साम्राज्यबाट मुक्त भएको थियो। भारतमा शासन गरिरहेको बेलायती सरकार आजकै दिन भारत छोडेर भागेको थियो। त्यसपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो। 

त्यही दिनको सम्झनामा स्वतन्त्रता र मुक्तिको स्मरण गर्दै आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका हुन्।

यस्तै शनिबार पाकिस्तानले ७५ औं स्वतन्त्रता दिवस मनाएको छ। 

त्यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै १४ अगस्ट अर्थात भारत र पाकिस्तानको विभाजन भएको दिनलाई आफूहरूले विभाजन विभीषिका स्मृति दिवसको रुपमा मनाउने निर्णय गरेको बताएका थिए। 

Logo