भारतको ७५ औं स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीले देशवासीको नाममा सम्बोधन गर्ने

भारतको ७५ औं स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीले देशवासीको नाममा सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

भारतले आज ७५ औं स्वतन्त्रता दिवस मनाउँदैछ। ब्रिटिस शासनबाट मुक्त भएर स्वतन्त्र हुँदै नयाँ देशको हैसियत प्राप्त गरेको दिनको सम्झनामा भारतले स्वतन्त्रता दिवस मनाउँदै आएको छ।

सन् १९४७ मा ब्रिटिस शासनबाट भारत मुक्त भएको हो। आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा गएर देशको झण्डा फहराउने भएका छन्।

त्यसपछि उनले देशवासीको नाममा सम्बोधन गर्नेछन्।

उनले ट्वीटमार्फत्  'विभाजन विभिषिका समृत' दिवस यस वर्षको १४ अगस्टलाई मनाउने घोषणा गरेका थिए।

कोरोना महामारीका कारण प्रधानमन्त्रीको गार्ड अफ अनरीमा भने स्थल, जल, वायुसँगै दिल्ली प्रहरीका एक अधिकारी गरि २० जना सहभागी हुने भएका छन्। 

यता नेपालका पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भारतको स्वतन्त्रता दिवसको अवसरका शुभकामना दिएका छन्।

Logo