जब तालिबानीहरू राष्ट्रपति कार्यालयमा प्रवेश गरे…

जब तालिबानीहरू राष्ट्रपति कार्यालयमा प्रवेश गरे…

केन्द्रबिन्दु
0
Shares

तालिबानले अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपतिको कार्यालयमाथि कब्जा जमाएका छन्। राष्ट्रपति अशरफ घानी आइतबार नै देश छोडेर हिँडेपछि तालिबानले राष्ट्रपतिको कार्यालयमाथि कब्जा जमाएका हुन्। अहिले उनीहरू राष्ट्रपति कार्यालयमा प्रवेश गरिसकेका छन्।

यस अघि अफगानिस्तानको अधिकांश भाग नियन्त्रणमा लिएर काबुललाई घेरेको तालिबानले जनधनको क्षति नगर्न 'शान्तिपूर्ण शक्ति हस्तान्तरणको आशामा' सहर प्रवेश नगरी काबुलको प्रवेशद्वारमा रहेको बताएको थियो।

तर सहरमा लुटपाट हुन नदिन तालिबान लडाकुलाई सहर पस्न अनुमति दिइएको तालिबानका एक प्रवक्ताले बताएका छन्।

अर्का एक प्रवक्ताले अफगानिस्तान र काबुलका बासिन्दाहरू डराउनु नपर्ने र तालिबानले बदला नलिने बताएका छन्।

स्थानीय पत्रकार बिलाल सार्वारीका अनुसार तालिबानसँग वार्ता गरिरहेका समूहले राष्ट्रपति कार्यालयमै शक्ति हस्तान्तरण हुने कुरो बताए पनि राष्ट्रपति घानीले आफ्ना सहयोगीहरू सहित देश छोडिसकेका छन्।

तस्वीरहरूः अलजजिरा

Logo