तालिबानले सुरक्षा दिन्छु भनेपछि रसियाले काबुलस्थित दूतावास नछाड्ने

तालिबानले सुरक्षा दिन्छु भनेपछि रसियाले काबुलस्थित दूतावास नछाड्ने

केन्द्रबिन्दु
0
Shares

रसिया सरकारले अफगानिस्तानको काबुलस्थित आफ्नो दूतावास नछाड्ने भएको छ।

रसियाले दूतावास खाली गराउनका लागि अहिलेसम्म कुनै तयारी नगरेको रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका अफगानिस्तानका लागि विशेष प्रतिनिधि जामिर काबुलोभले बताएका छन्। 

‘म अफगानिस्तानका लागि रसियाली राजदूतसँग निरन्तर सम्पर्कमा छु। उनीहरु शान्तसाथ काम गरिरहेका छन् र, त्यहाँका पछिल्ला घटनाप्रति जानकार पनि छन्।

काबुलोभका अनुसार तालिबानले रसियाली दूतावासको सुरक्षा ग्यारेन्टी लिएका छन्।
अफगानिस्तानका लागि रसियाली राजदूत दिमित्री जिरोनोभले तालिबान प्रतिनिधिलाई भेटेर रसियाली कूटनीतिक नियोगको सुरक्षाबारे छलफल गर्ने भएका छन्। 

सुरुमा रसियाले तालिबानलाई आतंककारी संगठन भने पनि मस्कोमा आयोजित एक सम्मेलनमा तालिबानका उच्च वार्ताकारलाई क्रेमलिन सरकारले आमन्त्रण गरेको थियो। अमेरिका, युरोपलगायत मुलुकका काबुलस्थित दूतावास धमाधम खाली हुँदै गए पनि तालिबानको साथपछि रसियाली दूतावास खाली नहुने भएको हो।

Logo