मलेसियाका प्रधानमन्त्री यासिनद्वारा राजीनामा

मलेसियाका प्रधानमन्त्री यासिनद्वारा राजीनामा

केन्द्रबिन्दु
0
Shares

मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजासमक्ष राजीनामा दिएका छन्। 

विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाहसमक्ष प्रधानमन्त्रीले राजीनामा दिएको पुष्टि गरेका हुन् । 

उनले सोमबार सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, ‘हाम्रो मन्त्रिपरिषद्ले राजासमक्ष राजीनामा दिएको छ ।’ राजा अब्दुल्लाहले उनको राजीनामा स्वीकृतसमेत गरिसकेका छन्। राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि काम चलाउ प्रधानमन्त्रीको जिम्मेवारी भने उनलाई नै दिइएको छ । 

मलेसियाको तल्लो सदनबाट वर्तमान सरकारले विश्वासको मत गुमाएपछि मुहिद्दीनले राजासमक्ष राजीनामा बुझाउनु परेको हो ।

गत वर्षको मार्चमा उनी झिनो मतान्तरले बहुमतको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।  रासस\सिन्ह्वा

Logo