अफगानिस्तानमा तालिवान विद्रोह बढेपछि फेसबुकले उक्त समूहसँग सम्बन्धित सम्पूर्ण सामग्रीमाथि प्रतिबन्ध लगाएको बताएको छ।
फेसबुकले तालिवानलाई आतंकवादी संस्था ठहर गर्दै यो निर्णय गरेको हो। फेसबुकले तालिबानसँग सम्बन्धित सामग्री पहिचान गर्न र हटाउन अफगान विज्ञहरूको समूह बनाएको समेत बताएको छ।
तालिवानले वर्षौँदेखि सामाजिक सञ्जाल प्रयोग गरेर आफ्नो सन्देश प्रवाह गरिरहेको छ। यसअघि तालिवानले आफ्ना निर्णय तथा सन्देशहरूको प्रचार गर्न सामाजिक सञ्जालको व्यापक प्रयोग गर्दै आएको थियो। तीव्र गतिमा अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि प्रविधि कम्पनीहरूलाई तालिवानका सामग्रीलाई कसरी पहिचान गर्ने भन्ने कुरामा समस्या परेको छ।
अब तालिवानलाई प्रतिनिधित्व गर्ने, उनीहरूको समर्थन वा प्रशंसा गरिएका सामग्रीहरू पनि फेसबुकमा शेयर गर्न पाइनेछैन।
प्रतिक्रिया