इस्लाम राज्य घोषणा गरेमा जर्मनीले तालिवान शासकलाई सहयोग नदिने

इस्लाम राज्य घोषणा गरेमा जर्मनीले तालिवान शासकलाई सहयोग नदिने

केन्द्रबिन्दु
0
Shares

जर्मनीले अफगानिस्तानका लागि विकास सहायता तत्कालका लागि रोक्ने निर्णय गरेको छ । 
अफगानिस्तानमा बीस बर्षपछि तालिबान फेरि सत्तामा पुगेपछि मङ्गलबार उक्त निर्णय भएको जर्मनीका विकास मन्त्री गर्द मुलरले बताए। 

परिवर्तित राजनीतिक अवस्थाका कारण जर्मनीले अफगानिस्तानलाई उपलब्ध गराउँदै आएको विकास सहयोग केही समयको लागि निलम्बन गरिएको विकास मन्त्री मुलरले जानकारी दिएका छन्।

अफगानिस्तानको ठूला दातामध्ये एक जर्मनीले एक वर्षमा ५०६ मिलियन अमेरिकी डलर अफगानिस्तान पठाउने सहमति गरेको थियो ।  उक्त रकम स्थानीय प्रहरी बलको तालिम, न्याय प्रणाली तथा महिलाको हक अधिकारलाई सूनिश्चित गर्न र भ्रष्टाचार विरुद्धको अभियानमा खर्चिने सहमति गरेको थियो । 

जर्मन विदेश मन्त्री हेइको मासका अनुसार तालिबानले सत्ता पूर्ण नियन्त्रण लिएमा, सारिया कानुन लागू गरेमा र अफगानिस्तानलाई इस्लाम राज्य घोषणा गरेमा जर्मनीले त्यहाँ अब एक पैसा पठाउने छैन ।

काबुलमा रहेका जर्मन नागरिकहरूलाई सेनाको नेतृत्वमा उद्धार गर्ने अभियान जारी रहेको तर स्थलगत कठिन परिस्थितिका कारण काममा बाधा सिर्जना भएको पनि मन्त्री मुलरले बताए। रासस\एएफपी

Logo