ह्याकरले फेरि चोरे १० करोड अमेरिकी डलर बराबरको ‘क्रिप्टोकरेन्सी’

ह्याकरले फेरि चोरे १० करोड अमेरिकी डलर बराबरको ‘क्रिप्टोकरेन्सी’

केन्द्रबिन्दु
0
Shares

जापानको ‘क्रिप्टोकरेन्सी एक्सचेन्ज’ कम्पनी ‘लिक्वीड’बाट ह्याकरले १० करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेका छन्। 

आफ्ना केही ‘करेन्सी वालेट’ मा हस्तक्षेप भएको सो कम्पनीले जनाएको छ। ब्लकचेन एनलाइटिक्स फर्म ‘इलिप्टिक’ले गरेको विश्लेषणका अनुसार बिटकोइन र इथेरियम गरी ९ करोड ७० लाख अमेरिकी डलर बराबरको ‘क्रिप्टोकरेन्सी’ चोरी भएको हो। 

‘लिक्वीड’ संसारकै उत्कृष्ट २० क्रिप्टोकरेन्सी एक्सचेन्जमध्ये पर्छ। साउनको अन्तिम साता इतिहासकै सबैभन्दा ठूलो ‘क्रिप्टोकरेन्सी’ चोरी मानिएको घटनामा ह्याकरहरूले ६० करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेर पछि फिर्ता गरेका थिए। 

ब्लकचेन साइट पोली नेटवर्कको सुरक्षा प्रणालीमा रहेको छिद्र प्रयोग गरेर ‘इथर’ जस्ता हजारौँ क्रिप्टोकरेन्सी टोकन चोरी भएको थियो। ‘आफूलाई रकममा चासो नभएको’ भन्दै ह्याकरहरूले सो रकम फिर्ता गरेका थिए।  

Logo