पर्खाल चढ्न नसक्नेले अमेरिकी सेनालाई शिशु जिम्मा लगाए (भिडियोसहित)

पर्खाल चढ्न नसक्नेले अमेरिकी सेनालाई शिशु जिम्मा लगाए (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

तालिवानको डरले अफगानिस्तान छोड्न चाहनेहरू अहिले पनि प्रयासरत छन्। काबुल एयरपोर्टबाहिर अफगानिस्तान छोड्न चाहनेहरूको ठूलो भीड छ। 

हाल एउटा भिडियो भाइरल भएको छ। जसमा पर्खाल तल रहेका कोहीले एक शिशु अमेरिकी सेनालाई जिम्मा लगाउँछन्। ती शिशुका अभिभावक भित्र छन् वा अमेरिकी सेनाको हातमा बालबालिका दिने नै अभिभावक हुन् भन्ने चाहिँ अहिलेसम्म खुलेको छैन। 

तालिवानले अफगानिस्तानको राजधानी काबुल लगायत मुख्य सहरहरूलाई नियन्त्रणमा लिँदै सत्ता कब्जा गरेपछि अमेरिका, बेलायत र अन्य पश्चिमा शक्तिले अफगानिस्तानमा रहेका आफ्ना ‘मैत्री’ शक्तिलाई कुनै पनि हालतमा तालिवानको शिकार हुन नदिने बताउँदै आएका छन्। सोही आश्वासन अनुसार मानिसहरू उद्धारको आशमा काबुल एयरपोर्ट अगाडि भेला भएका हुन्। 

यसैगरी अफगानिस्तान छोडेका अफगानी राष्ट्रपति असरफ घानीले आफ्नो देशमा शरण लिएको संयुक्त अरब एमिरेट्स (यूएई) ले बताएको छ। मानवीयताका आधारमा घानी र उनको परिवारलाई स्वागत गरिएको यूएईको विदेश मन्त्रालयले बताएको छ।  

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला 

Logo