तालिवानको डरले अफगानिस्तानका ‘ब्युटी पार्लर’ बन्द

तालिवानको डरले अफगानिस्तानका ‘ब्युटी पार्लर’ बन्द

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानमा तालिवानको डरले ‘ब्युटी पार्लर’ बन्द हुन थालेको रुसी समाचार एजेन्सी ‘रप्ट्ली’ले जनाएको छ। 

तालिवानले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएपछि महिलाप्रति कडाइका साथ प्रस्तुत हुने अपेक्षा गरिएको छ। यससँगै ‘ब्युटी पार्लर’ बाहिर र अन्य स्थानमा महिलाका चित्र तालिवानका डरले मानिसहरूले मेटाउन थालेका छन्। अमेरिकी र नाटो सेनाको फिर्तीसँगै अफगानिस्तान आइतबार तालिवानको नियन्त्रणमा आएको हो। 

मुस्लिम सारिया कानुनको खरो व्याख्यामा आधारित सजायको पक्षमा तालिवान स्थापनाकालदेखि नै रहँदै आएको छ। यस्ता सजायमा हत्यारा र गैरवैवाहिक यौनसम्पर्कमा संलग्नलाई सार्वजनिक स्थलमा फाँसी दिने र चोरीमा संलग्नलाई अंगभंग गर्ने गर्दथे। 

सन् १९९६ मा सोभियत संघलाई पाखा लगाएर अफगानिस्तानको सत्तामा आएका तालिवानले सबै पुरुषलाई दाह्री पाल्न र महिलालाई बुर्का लगाउन अनिवार्य गरेका थिए।

फोटो स्रोतः एपी 

Logo