केन्यामा अहिलेसम्मकै बृहत् जनावर गणना हुँदै

केन्यामा अहिलेसम्मकै बृहत् जनावर गणना हुँदै

केन्द्रबिन्दु
0
Shares

उत्तरी सेतो गैँडा, सिंह, जिराफलगायत दुर्लभ जनावरहरू रहेको पूर्वी अफ्रिकी मुलुक केन्याले अहिलेसम्मकै ठूलो जनावर गणना गर्दैछ। 

निश्चित वन्यजन्तुको मात्र गणना गर्दै आएको केन्याले वृहत् स्तरमा जनगणना गर्न थालेको हो। 

जिराफ, सालक र जेब्रालगायत जनावरको गणना कहिल्यै नभएको पर्यटन मन्त्री नजिब बलालाले बताएका छन्। जलचर र स्थलचर सबै जनावरको गणना केन्याले गर्न लागेको हो।

संरक्षणको आवश्यकता भएका जनावरहरू पहिचान गर्न र अहिलेसम्मको संरक्षण प्रयासको नतिजा परीक्षण गर्नका लागि वृहत् गणनाको उपाय अपनाइएको हो।  (बीबीसीको सहयोगमा)
(फोटो सौजन्यः सिन्ह्वा)

Logo