काबुल विमानस्थलः अव्यस्तताका कारण सात व्यक्तिको मृत्यु

काबुल विमानस्थलः अव्यस्तताका कारण सात व्यक्तिको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काबुल विमानस्थल नजिकै भएको अव्यवस्थित भीड र भागदौडका कारण कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको छ । 

हजारौं मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको र अव्यवस्थाबीच नागरिकले ज्यान गुमाइरहेका छन्। 

संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले तालिबानले सत्ता कब्जामा लिएदेखि उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसहरूको ठूलो संख्याको सामना गर्न संघर्ष गरिरहेका छन् ।

 ‘अगस्त ३१ को अमेरिकी समय सीमा अगाडि कुनै पनि राष्ट्रले सबैलाई पूर्णतया बाहिर निकाल्न सक्दैन,’बेलायती रक्षा मन्त्री बेन वालेस भन्छन्, ‘सायद अमेरिकीहरूलाई लामो समयसम्म रहने अनुमति दिइनेछ र उनीहरूले त्यसो गरेमा उनीहरूलाई हाम्रो पूर्ण समर्थन हुनेछ।’रासस\एएफपी

Logo