जब तालिवानले अमेरिकी हतियार र गाडी कब्जा गरे…

जब तालिवानले अमेरिकी हतियार र गाडी कब्जा गरे…

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानमा कब्जा जमाएपछि तालिवानहरु अमेरिकी हतियार र गाडीसहित देखिएका छन्। 

प्रारम्भिक आँकलनका अनुसार तालिवानले केही ‘ब्ल्याक हक’ हेलिकप्टर र केही सैन्य जहाज पनि हात पारेको हुन सक्छ। तालिवानको कब्जामा २० वटासम्म ‘ए–२९ टुकानो’ जहाज हुन सक्ने बताइएको छ। 

अफगान सैनिकको असफलतापछि कति सैन्य सामग्री तालिवानको हातमा गयो भन्ने कुरा स्पष्ट भएको छैन। हाल अमेरिकी सैनिक र जासुसी संयन्त्र अफगानिस्तानमा सक्रिय नभएकाले वास्तविक जानकारी प्राप्त हुन गाह्रो भएको अमेरिकी रक्षा अधिकारीले जनाएका छन्। 

अमेरिकाले अफगानी सेनालाई दिएको ‘एम४ कारबाइन’ र ‘एम१६ राइफल’ तालिवानी लडाकुहरूले बोकेको फोटो र भिडियो अहिले भाइरल भएका छन्। 

ट्रम्प सरकारले फेब्रुअरी सन् २०२० मा ‘दोहा सम्झौता’ गरेपछि अफगानिस्तानबाट अमेरिकी सैनिकको फिर्ती सुरु भयो। सैन्य संख्या ८ हजार ५ सयबाट २ हजार ५ सय मा घटाइयो। तर, अफगानिस्तानमा अमेरिकाको उपस्थिति सन् २०१८ मै सुरु भएको थियो, जब अमेरिकी फौज १४ हजारभन्दा तल पुग्यो। 

सन् २०१३ र २०१६ का बीचमा अमेरिकाले अफगान सेनालाई ६० हजार थान ‘एम १६’ र ‘एम ४’ जस्ता हलुका हतियार, ८० हजार गाडी र केही ‘नाइट भिजन गगल’, सम्पर्क यन्त्रलगायत सामग्री हस्तान्तरण गरेको थियो। पछिल्लो समय सन् २०१७ र २०१९ का बीच मात्रै अमेरिकाको रक्षा मन्त्रालयले अफगान सेनालाई ७ हजार मेसिन गन, ४ हजार ७ सय सैन्य गाडी र २० हजार ग्रिनेड उपलब्ध गराएको थियो। 

(सिएनएनबाट अनुवाद गरिएको, फोटो सौजन्यः सिएनएन)  

Logo