विदेशी सेना नहटेसम्म अफगानिस्तानमा तालिबानले सरकार नबनाउने

विदेशी सेना नहटेसम्म अफगानिस्तानमा तालिबानले सरकार नबनाउने

केन्द्रबिन्दु
0
Shares

अमेरिकाले सेना नहटाएसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने तालिवान समूहले सोमबार बताएको छ ।

तालिबान एक नेताले भने, ‘अफगानिस्तानमा एक जना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्री परिषद्को गठनकोे घोषणा नगर्ने निर्णय भएको छ ।’

काबुल विमानस्थल अस्तव्यस्त रहँदा अमेरिका र यसका सहयोगी राष्ट्रहरूले आगामी साताभन्दा बढी अफगानिस्तानमा आफ्नो उपस्थिति विस्तार गरेमा यसबाट आउने परिणामको जिम्मेवार उनीहरुले लिनुपर्ने तालिबान समूहले बताएको छ । 

विदेशी र अफगानीहरूको हवाई यात्राको व्यवस्थापन भद्रगोल अवस्थामा रहेको र धेरै पश्चिमी राष्ट्रहरूमाथि तालिवानले प्रतिशोध लिने भय अमेरिका तथा यूरोपेली मुलुकहरूले लिएका छन् । त्यसैले बहिर्गमन प्रक्रियाको अन्तिम समयमा हजारौं सिपाहीहरू अफगानिस्तानमा फर्किएका छन् । यसले अफगानिस्तानको सैन्य गठबन्धनमा नेतृत्व गरेको अमेरिकालाई बहिर्गमन प्रक्रियालाई लम्ब्याउन दबाव परिरहेको छ । 

तालिबान प्रवक्ता सुहेल शहिनले भने, ‘यदि अमेरिका वा बेलायतले उद्धार कार्य जारी राख्न थप समय खोज्ने हो यसमा तालिबान सहमत हुने छैन ।’ रासस\एएफपी

Logo