तालिवानको धम्कीपछि काबुलबाट अमेरिकी सेना फर्काउने कार्य तीव्र

तालिवानको धम्कीपछि काबुलबाट अमेरिकी सेना फर्काउने कार्य तीव्र

केन्द्रबिन्दु
0
Shares

अमेरिकाले आफ्ना सेना र उनीहरुसँगै फर्किन चाहने अफगानी नागरिकलाई स्वदेश फर्काउने अभियान तीव्र पारेको छ। तालिवानले तोकिएको समयसीमाभित्र आफ्ना सेना फिर्ता नगरे आक्रमण गर्ने चेतावनी दिइरहेका बेला अमेरिकाले आफ्ना नागरिकलाई स्वदेश फर्काउने अभियान तीव्र पारेको हो। 

तालिवान र अमेरिकाबीच भएको सम्झौताअनुसार अमेरिकी नेतृत्वको पश्चिमेली देशका सेनाले बढीमा एक साताभित्रमा काबुल छोड्नुपर्ने हुन्छ। तर, तोकिएको समयमा सेना फिर्ता गर्न नसकिने फ्रान्स, बेलायत र जर्मनीले जनाएका छन्। 

३१ अगस्टपछि पनि आफ्ना सेना अफगानिस्तानमा राख्ने विषयमा अमेरिकी राष्ट्रपति जो बाइडनले आज विश्वका ठूला अर्थतन्त्र भएका देश जी–७ राष्ट्रका सरकार प्रमुखसँग भर्चुअल बैठक गरिरहेका छन्। बैठकपछि बाइडेनले औपचारिक रुपमा अफगानिस्तानबारे निर्णय गर्नेछन्। 

अमेरिकी सैन्य गठबन्धनमा आबद्व अन्य मुलुकहरु फ्रान्स, बेलायत र जर्मनीले तालिवानसँग वार्ता गरेर समयसीमा बढाउनुपर्ने बताइरहेका छन्। तर, तालिवानले तोकिएको समयभन्दा लामो समय अमेरिकी सेना बस्न नमिल्ने र गरेमा सम्झौता उल्लंघन भएको मानिने जनाएको छ। 

सम्झौताविपरित अमेरिकी सेना काबुल बसेमा नराम्रो परिणाम निम्तिने सो समूहले चेतावनी दिएको छ। 

गत साता तालिवानले सत्तापलट गरेपछि अहिलेसम्म १०औं हजार मानिसले अफगानिस्तान छाडिसकेका छन् । हजारौ मानिस आफ्नो पालो कुरेर काबुल विमानस्थलमा पर्खिरहेका छन्। 

विदेशी सेनासँग काम गरेका अफगानीहरु सेनासँगै फर्किने इच्छा देखाएका छन्। तर, तालिवानले उनीहरुलाई विमानस्थल जान रोक लगाएको छ।(एजेन्सी/न्युज कारखानाबाट)

Logo