युक्रेनको प्लेन हाइज्याक भएको हल्ला निराधारः युक्रेनी अधिकारी

युक्रेनको प्लेन हाइज्याक भएको हल्ला निराधारः युक्रेनी अधिकारी

केन्द्रबिन्दु
0
Shares

काबुलबाट मानिसहरू लिएर युक्रेनबो युक्रेनको राजधानी कियभ आउँदै गरेको जहाज इरानमा हाइज्याक भएको समाचार विभिन्न सञ्चारमाध्यमले सम्प्रेषण गरेपछि युक्रेनको परराष्ट्र मन्त्रालयले त्यसको खण्डन गरेको छ। 

युक्रेनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले त्यस्तो विवरण सत्य नभएको युक्रेनको ‘आरबिसी न्यूज एजेन्सी’लाई बताएका छन्। उनकाअनुसार युक्रेनी नागरिकलाई उद्धार गर्न काबुल पुगेका सबै जहाज सफलतापूर्वक युक्रेन फर्केका छन्। जम्मा २ सय ५६ जना युक्रेनी नागरिकको तीन उडानबाट उद्धार गरिएको थियो।

प्लेन हाइज्याक गरेर इरान पु¥याइएको चर्चा भइरहेकाले इरानले पनि यसबारे प्रस्टीकरण दिएको छ। इरानको नागरिक उड्डयन संस्थानका प्रवक्ता मोहमद हसन जिबाखसले प्लेन हाइज्याकको कुरा सत्य नभएको बताएका छन्। 

इरानस्थित ‘मेहर न्यूज एजेन्सी’का अनुसार जिबाखसले इरानको मसाहद शहरमा काबुलबाट आउँदै गरेको युक्रेनी प्लेन इन्धन भर्नका लागि अवतरण भएर युक्रेनतर्फ लागेको बताएका छन्। 

यस विषयमा हल्लाको सुरुवात भने युक्रेनकै सहायक विदेश मन्त्री यभगेनी यनिनले गरेका हुन्। अज्ञात समूहले मंगलबार युक्रेनी प्लेन हाइज्याक गरेर इरान लगेको यनिनले बताएका थिए।   (रसियन न्यूज एजेन्सी ‘तास’ को सहयोगमा)

Logo