इजरायलले हमासलाई लक्षित गर्दै बम प्रहार गर्यो

इजरायलले हमासलाई लक्षित गर्दै बम प्रहार गर्यो

केन्द्रबिन्दु
0
Shares

हमास नियन्त्रित गाजाक्षेत्रमा इजरायलले हवाई हमला गरेको छ। प्यालेस्टाइनले बलुनमार्फत् दक्षिणी इजरायलमा आगलागी गरेको हुनाले जवाफी हमला गरेको इजरायली सेनाले जनाएको छ। 

मंगलबार भएको हवाई हमलाले गाजा क्षेत्रमा नियन्त्रण रहेको समूह हमासको हतियार उत्पादन केन्द्र र रकेट प्रक्षेपण स्थललाई लक्षित गरेको बताइएको छ भने उक्त हमलाले कसै पनि ज्यान गएको पाइएको छैन। 

प्यालेस्टाइनीहरूले भने आफूले गाजामाथिको नाकाबन्दी खुकुलो बनाइ सहयोगका लागि अवरोध खडा गर्न नदिन त्यस्तो बलुन प्रहार गरेको बताइएका छन्। 

अघिल्लो साता कतारले गाजाका लागि उपलब्ध गराएको सहयोगका लागि बाटो खुल्ला गर्ने आश्वासन इजरायलले दिएको भए पनि सीमाक्षेत्रमा द्वन्द्व बढ्दो छ। 

गाजा आन्दोलनकारीको सामना गर्ने क्रममा इजरायली सेनाले शनिबार ४१ जनालाई गोली प्रहार गरी घाइते बनाएको थियो । जसमध्ये दुईजना गम्भीर अवस्थामा छन्।

मे महिनामा भएको इजरायल–प्यालेस्टाइन भिडन्तमा जनसाधारण र बालबालिकासहित २ सय ५० प्यालेस्टाइनीले ज्यान गुमाउँदै गर्दा १३ जना इजरायलीले ज्यान गुमाएका थिए। 

२० लाख प्यालेस्टाइनी रहेको गाजामाथि इजरायलले बाहिर निस्कन नमिल्ने गरी नाकाबन्दी गरेको छ। इजिप्टले प्यालेस्टिनलाई नाकाबन्दी लगाएको छ। दुवैले हमासबाट खतरा भएकाले नाकाबन्दी गरेको जनाएका छन्।  
(अलजजिराको सहयोगमा) 
फोटो सौजन्यः एफपी 

Logo