निर्वाचन प्रभावित पार्ने गरी पुटिनले गरे ब्यापक बजेट बाँडफाँट

निर्वाचन प्रभावित पार्ने गरी पुटिनले गरे ब्यापक बजेट बाँडफाँट

केन्द्रबिन्दु
0
Shares

आगामी महिना हुने संसदीय निर्वाचनअघि समर्थन जुटाउन पेन्सनप्राप्त व्यक्तिले १३५ अमेरिकी डलर बराबर नगद पाउने गरी एउटा आदेशमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार हस्ताक्षर गरेका छन् ।
 
यसले पछिल्लो समय रूसको सत्तारुढ यूनाइटेड रसिया पार्टीको राजनीतिक अवस्था निर्वाचनमा संघर्षपूर्ण रहेको बुझ्न सकिने पुटिनका आलोचकहरूको भनाइ छ । 

यो नगद वितरण सामाजिक खर्चको एक भागको रुपमा आउने र यसको भड्ताल राज्यकोषबाट आफ्नो पक्षमा निर्वाचन परिणाम पार्न राष्ट्रपति पुटिनले ल्याएको योजनाका रूपमा अर्थ्याइएको छ । 

रूसी नेता पुटिनले सेप्टेम्बरमा तल्लो सदन ‘स्टेट डुमा’को निर्वाचन अगाडि यो योजना प्रस्ताव गरेका हुन् । रूसमा सरसामानमा बढ्दो मूल्य र घट्दो रोजगारीका कारण पुटिनको दल युनाइटेड रसियाको ख्यातिमा निकै कमी आएको छ । 

रूसी राष्ट्रपतिले सेप्टेम्बर महिनामा १० हजार रूबल (९,१३५ अमेरिकी डलर) भुक्तानी गर्ने आदेशमा हस्ताक्षर गरिसकेको रूसी प्रशासन केन्द्र क्रेमलिनले पुष्टि गरेको छ । यसले मासिक पेन्सनलाई दोब्बर बनाएको छ । 

त्यस्तै, पुटिनले सैन्य कर्मचारीहरूलाई १५ हजार रूबल बोनस दिने प्रस्ताव गरिएको एक अर्को आदेशमा पनि आइतबार हस्ताक्षर गरेका छन् । रासस\एएफपी

Logo