तालिवान सत्तामा आएपछि काबुलमा महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध

तालिवान सत्तामा आएपछि काबुलमा महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानमा तालिवानले सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जान र महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ। पश्चिमा फौजसँगै देश छोड्न चाहने अफगानीको संख्या बढेसँगै तालिवानले बुधबार आफ्ना नागरिकलाई यस्ता प्रतिबन्ध लगाएको हो।  

तालिवान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले राजधानी काबुलमा आयोजित एक पत्रकार सम्मेलनमा आफ्ना नागरिकमाथि विभिन्न प्रतिबन्धको घोषणा गर्दै ती प्रतिबन्ध उल्लंघन गरे कारबाही गरिने समेत धम्की दिएका छन्। ‘सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जाने बाटो बन्द छ । आदेश उल्लंङघन गर्नेमाथि कडा कारबाही हुन्छ,’ प्रवत्ता मुजाहिदले भने। 

महिलामाथि हुन सक्ने दुर्व्यबहारका कारण घरभित्र बस्न बाध्य पारिएको तालिवान प्रवक्ताको दाबी

विमानस्थलमा पुगेका अफगानीलाई पनि तत्काल फर्कन उनले आग्रह गरे। ‘विदेशी फौजसँगै विमानस्थलमा पुगेका अफगानीलाई तुरुन्त घर फर्कन आव्हान गर्छ। हामी उनीहरुलाई विदेश जान दिन्नौं।’ उनीहरुकै सुरक्षाका लागि महिलाहरुलाई घरभित्र बस्न भनिएको उनले बताए। ‘महिलामाथि हुन सक्ने दुर्व्यबहारका कारण घरभित्र बस्न अनुरोध गरिएको हो। ’

त्यस्तै, तालिवान प्रवक्ताले विदेशी सेनालाई तोकिएको समयभित्र देश छोड्न समेत चेतावनी दिए। अफगानिस्तानमा अलपत्र परेका विदेशी सेनालाई नेटो फौज र पश्चिमा मुलुकका जहाजबाट उद्दार गरी विमानस्थल लैजान सकिने उनको भनाइ थियो। 

अर्को एक छुट्टै प्रसंगमा तालिवानले अमेरिकी गुप्तचर निकायका प्रतिनिधिसँग गोप्य भेट गरेको विवरण उनले अस्वीकार गरे। तालिवानले गुप्तचर निकाय निर्देशकलाई सार्वजनिक रुपमै मंगलबार भेटेको उनको भनाइ थियो। यसअघि सिआइएका निर्देशक विलियम बन्सले तालिवानी नेता अब्दुल गनी बरादरलाई काबुलमा गोप्य भेटेको विवरण सार्वजनिक भएको थियो।न्युज कारखानाबाट

Logo