वर्षाका कारण भेनेजुयलामा २० को मृत्यु, आगामी १० दिन भारी वर्षाको सम्भावना

वर्षाका कारण भेनेजुयलामा २० को मृत्यु, आगामी १० दिन भारी वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

मुसलधारे वर्षाका कारण भेनेजुयलामा कम्तीमा २० जनाको मृत्यु भएको छ । 

देशको पश्चिमी क्षेत्रमा वर्षापछि आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् ।  

उनीहरुका अनुसार बाढी पहिरोका कारण अरु १७ जना  बेपत्ता  छन् । देशका नौ प्रदेशलाई सङ्कटग्रस्त क्षेत्रका रुपमा लिइएको छ ।

बाढी पहिरोका कारण त्यस क्षेत्रका ५४ हजारभन्दा बढी मानिस प्रभावित भएको गृह मन्त्री रेमीगियो सेबालोसले जानकारी दिए । 

टेलिभिजनबाट सम्वोधन गर्दैै सेबालोसले भारी वर्षा आगामी १० दिन पनि कायमै रहने सम्भावना देखिएको बताए । 

बाढी पहिरोका कारण यातायात सेवा प्रभावित हुनुका साथै विद्युत र सञ्चार सेवासमेत अवरुद्ध भएको छ । रासस\एएफपी

Logo