इतिहासमा आज: यी हुन् विश्वका चर्चित घटना

इतिहासमा आज: यी हुन् विश्वका चर्चित घटना

केन्द्रबिन्दु
0
Shares

आज २७ अगस्ट। आजको तिथिमा संसारमा महत्वपूर्ण घटना भएका थिए। प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

मोल्डोभाको स्वतन्त्रता

सन् १९९१ मा पूर्वी युरोपेली मुलुक मोलडोभाले स्वतन्त्रता पाएको थियो। सन् १९४० को अगस्ट २ सम्म मोलडोभा सोभियत युनियनको एउटा अंश थियो। सन् १९९१ मा सोभियत राज्यको विघटनपछि मोल्डोभाले पनि आफ्नो स्वतन्त्रता पाएको थियो।

मंगल र पृथ्वीको भेट

सन् २००३ को अगस्ट २७ मा मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक पुगेको थियो। ५७ हजार ६ सय १७ बिसीपछि मंगलग्रह बुधको नजिक पुगेको हो। अब सन् २२८७ मा यी दुई ग्रह सबैभन्दा नजिक देखिन्छ।

नाइजेरियामा सैन्य कू

सन् १९८५ मा नाइजेरियाको सेनाले सैनिक कू गरी त्यहाँको सरकारलाई अपदस्थ गरेको थियो । एउटा रक्तपातविहीन कूमा जनरल इब्राहिम बदामासी बाबाङगिदाले मुहम्द बुहारीलाई हटाएर सरकारको नेतृत्व गरेका थिए। 

१३ सय टनको व्याट्री चार्ज

सन् २००३ को २७ अगस्टमा संसारकै सबैभन्दा ठूलो ब्याट्री चार्ज गरिएको थियो। २ हजार वर्गमिटर लामो सो ब्याट्रीको तौल १३ सय टन थियो। अलस्काका मानिसलाई ७ मिनेट आपतकालीन विद्युत आपूर्तिका लागि सो ब्याट्री खडा गरिएको थियो।

अन्तरीक्षमा म्यारिनर २ को यात्रा 

अन्तरीक्षको अनुसन्धान गर्न आजकै दिन नासाले म्यारिनर २ नामक यान अन्तरीक्षमा पठाएको थियो। सो यान डिसेम्बर १४ १९६२ मा बुधग्रहमा पुगेको थियो । यानले  नासाका वैज्ञानिकलाई सन् १९६३ को जनवरी ३ सम्म महत्वपूर्ण सूचना दिएको थियो।न्युज कारखानाबाट

Logo