विश्व इतिहासमा आजकै दिन के-के भएका थिए?, यी हुन् चर्चित घटना

विश्व इतिहासमा आजकै दिन के-के भएका थिए?, यी हुन् चर्चित घटना

केन्द्रबिन्दु
0
Shares

आज ३० अगस्ट। विश्व इतिहासमा आज पूर्वी टिमोरमा जनमतसंग्रहको घोषणादेखि वासिंगटन र मस्कोबीच टेलिफोन हटलाइन सुरु भएको थियो। आज विश्वमा भएका केही महत्वपूर्ण घटनाः

पूर्वी टिमोरबारे जनमतसंग्रह

सन् १९९९ को ३० अगस्टमा  पूर्वी टिमोरलाई इन्डोनेसियाभित्रै अझै बढी स्वायत्त अधिकार दिने वा स्वतन्त्रता राष्ट्र घोषित गर्ने भन्ने बारेमा जनमतसंग्रहको घोषणा भएको थियो। सन् १९६९ देखि पोर्चुगलको उपनिवेश  इस्ट टिमोरलाई सन् १९७६ मा इन्डोनेसियाले लिएको थियो। हिंसाबीच भएको जनमतसंग्रहले स्वतन्त्रताको पक्षमा मतदान गरेको थियो। अन्ततः २० मे को २००२ मा इस्ट टिमोर स्वतन्त्र राष्ट्र बनेको थियो।

अजरबैजान बन्यो स्वतन्त्र राष्ट्र

मध्य एसियाली मुलुक अजरवैजान सन् १९२०देखि सोभियत युनियनको एउटा महत्वपूर्ण भाग थियो। सन् १९९१ को डिसेम्बरमा सोभियत युनियनबाट स्वतन्त्र हुने वा उसकै अधिनमा रहने भन्ने बारेमा जनमतसंग्रह भएको थियो। जनमत संग्रहमा अधिकांशले स्वतन्त्रताको पक्षमा मतदान गरेका थिए।  

अन्तरिक्षमा पुग्ने पहिलो अफ्रिकी मूलका अमेरिकी

गिउइन स्टिवार्ट ब्लुफोर्ड अन्तरिक्षमा पुग्ने पहिलो अफ्रिकी मूलका अमेरिकी हुन् । अमेरिकी हवाई फौजका पाइलट तथा एसटीएस–८ को कारिन्दा ब्लुफोर्ड सन् १९८३ को ३० अगस्टमा नासाको अन्तरिक्ष यान च्यालेन्जरबाट अन्तरिक्षको यात्रा तय गरेका थिए।

वासिंगटन डिसी र मस्कोबीच टेलिफोन हटलाइन

शितयुद्ध उत्कर्षमा पुगेको बेला तथा क्युबेली मिसाइल हमलाका कारण अमेरिका र रुस युद्धका लागि आमने सामनेको स्थितिमा पुगेकै बेला सोभियत युनियन र अमेरिकाबीच सन् १९६७ मा हटलाइन टेलिफोन सेवा सुरु भएको थियो। ६ दिने अरब–इजरायल युद्धको बेला पहिलो पटक १९६७ मा हटलाइन सेवा सुरु गरिएको थियो।न्युज कारखानाबाट

Logo