न्युजिल्यान्डमा फाइजर खोप लगाएकी महिलाको मृत्यु भएपछि…

न्युजिल्यान्डमा फाइजर खोप लगाएकी महिलाको मृत्यु भएपछि…

केन्द्रबिन्दु
0
Shares

न्युजिल्यान्डमा कोरोनाबिरुद्व फाइजर खोप लगाएकी एक महिलाको मृत्यु भएको छ। न्युजिल्यान्डमा खोप लगाएपछि मृत्यु भएको यो पहिलो घटना हो। फाइजर खोपका कारण महिलाको मृत्यु भएको खोप सुरक्षाबारे अनुगमन गरिरहेको एउटा बोर्डले जनाएको छ। 

कोभिड–१९ खोप स्वतन्त्र सुरक्षा अनुगमन बोर्डले खोपकै कारण महिलाको मृत्यु भएको पुष्टि गरेको छ। ‘देशमा खोपका कारण मृत्यु भएको यो पहिलो पटक हो,’  बोर्डले एक विज्ञप्तिमा भनेको छ। खोप लगाएकी महिलाको मृत्युबारे फाइजरले पनि अनुसन्धान गर्ने भएको छ। 

मृतक महिलाबारे थप विवरण सार्वजनिक गरिएको छैन। युरोपेली मेडिकल निकायका अनुसार युवामा खोपको साइड इफेक्ट बढी देखिन्छ। न्युजिल्यान्डले एक साताअघि सर्वसाधारणलाई ढुक्कसँग फाइजर खोप प्रयोग गर्न अनुरोध गरेको थियो।

अमेरिकाको जोन हप्किन्स युनिर्भसिटीअनुसार न्युजिल्याण्डमा अहिलेसम्म तीन हजार चार सय ६५ जनामा कोभिड संक्रमण देखिएको र २६ जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म २३ प्रतिशतले खोप लिइसकेका छन्। केही समयअघि डेल्टा भेरियन्ट देखिएपछि मुलुकका केही भागमा लकडाउन गरिएको थियो। ५० लाख जनसंख्या भएको न्युजिल्यान्डमा अहिले पाँच सय ६० सक्रिय संक्रमित छन्।न्युज कारखानाबाट

Logo