इतिहासमा आजः उत्तर कोरियाको पहिलो भूउपग्रह प्रक्षेपणदेखि डायनाको मृत्युसम्म

इतिहासमा आजः उत्तर कोरियाको पहिलो भूउपग्रह प्रक्षेपणदेखि डायनाको मृत्युसम्म

केन्द्रबिन्दु
0
Shares

आज ३१ अगस्ट। विश्व इतिहासमा आज के के भए? हामीले यसकाे जानकारी दिने प्रयास गरेका छाैं। 

उत्तर कोरियाको पहिलो भूउपग्रह प्रक्षेपण

आणविक शक्तिशाली मुलुक उत्तर कोरियाले सन् १९९८ मा पहिलो पटक भूउपग्रह प्रक्षेपण गरेको थियो। क्वाङमोङसोङ–१ नाम दिइएको सो स्याटलाईट सफलतापूर्वक प्रक्षेपण गरेको कोरियाली सरकारको दाबी छ। तर, विश्वभरका प्रायः अन्तरिक्ष निकायले सो प्रक्षेपणको सफलताबारे आशंका गरिरहेका छन्।

डायनाको मृत्यु

सन् १९९७ मा बेलायती युवराज्ञी तथा युवराज चाल्सकी पूर्वपत्नी डायनाको पेरिसमा कार दुर्घटनामा मृत्यु भएको थियो। तस्बिरका लागि पछ्याइरहेका पापाराजीलाई छल्न डायना सबार कार तीब्र गतिमा गुडेको थियो। डायनासँगै उनका प्रेमी दोदी अल फायद पनि थिए। दुर्घटनामा डायना, उनका प्रेमी र कार चालकको मृत्यु भएको थियो। डायनाको दाहा संस्कार गरिएको भिडियो शताब्दीकै सबैभन्दा बढी हेरिएको दृश्य थियो।

रसियाली सेनाले इस्टोनिया छोडे

सोभियत युनियनबाट स्वतन्त्र भएको घोषणा गरेको तीन वर्षपछि सन् १९९४ मा रसियाली सेनाले इस्टोनिया छोडेको थियो। दोस्रो विश्वयुद्धको समय अर्थात सन् १९४४ मा सोभियत युनियनले इस्टोनिया ओगटेको थियो। त्यसअघि सन् १९४१ देखि सन् १९४४ सम्म इस्टोनिया नाजी जर्मनीको नियन्त्रणमा थियो।

उज्वेकस्तानद्वारा स्वतन्त्रताको घोषणा

मध्ये अमेरिकी मुलुक उज्वेकस्तान १९औं शताब्दीमा रसियाली सम्राज्यबादको एउटा अंश बनेको थियो । सन् १९९१ मा उज्बेकस्तानले सोभियत युनियनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो।

मलायाले पायो  स्वतन्त्रता

पूर्व मलाया तथा अहिलेको मलेसियाले ३१ अगस्ट १९५७ मा व्रिटीशबाट स्वतन्त्रता पाएको थियो। दक्षिणपूर्वी एशियाली मुलुक मलेसिया १८ औ शताब्दीमा ब्रिटीश सम्राज्यको उपनिवेश थियो। सो समयमा मलेसियाले ठूलो मात्रामा रबर उत्पादन गर्दथ्यो।न्युज कारखानाबाट

Logo