इतिहासमा आज: भीषण आगलागीले लण्डन ध्वस्तदेखि नेहरू नेतृत्वको सरकार गठनसम्म

इतिहासमा आज: भीषण आगलागीले लण्डन ध्वस्तदेखि नेहरू नेतृत्वको सरकार गठनसम्म

केन्द्रबिन्दु
0
Shares

आज २ सेप्टेम्बर। आजकाे दिनलाई फर्केर हेर्दा इतिहासमा के-के भएका थिए ? थाहा पाउनुहाेस् आज के के घटना भएका थिए।  

ग्रेट फायर अफ लण्डन

सन् १६६६ मा लागेको भीषण आगलागीले लण्डन सहर ध्वस्त पारेको थियो। ग्रेट फायर अफ लण्डनसमेत भनिने सो आगो स्थानीय बेकरीबाट  फैलिएको थियो। चार दिनसम्म लागेको आगोबाट सहरका अधिकांश घर र वासस्थान नष्ट भएका थिए।

नेहरू नेतृत्वको सरकार

ब्रिटिस शासनबाट स्वतन्त्र भएपछि सन् १९४६ मा भारतमा अन्तरिम सरकार गठन भएको थियो । संक्रमणकाल व्यवस्थित गर्न अन्तरिम सरकारलाई  जिम्मा दिइएको थियो । अन्तरिम सरकारको नेतृत्व जहवारलाल नेहरूले गरेका थिए।

अमेरिकामा खर्चसम्बन्धी अलग्गै मन्त्रालय

सन् १७८९ मा अमरिकामा खर्चसम्बन्धी छुट्टै मन्त्रालय खडा गरिएको  थियो। मन्त्रालयले सरकारको राजस्व र खर्च व्यवस्थापन गर्ने जिम्मा पाएको थियो। अलेक्जेन्डर ह्यामिल्टनले पहिलो पटक सो मन्त्रालयको  जिम्मेवारी सम्हालेका थिए।  

बेलायतमा जर्जियाली क्यालेण्डर

सन् १७५२ मा बेलायतले पहिलो पटक जर्जियाली क्यालेण्डर चलनचल्तिमा ल्याएको थियो। पश्चिमेली क्यालेण्डरसमेत भनिने सो क्यालेण्डर पश्चिमा  मुलुकमा आजभोलि सर्वत्र प्रयोग हुन्छ। यसअघि बेलायतले जुलियन क्यालेण्डर प्रयोग गर्थ्याे। नयाँ क्यालेण्डरको प्रयोगसँगै बेलायतको ११ दिन गणना हराएको थियो। सेप्टेम्बर २ पछि एकैपटक सेप्टेम्बर १४ सुरु भएको थियो।

निर्वासनमा रहेका तिब्बतीको स्वतन्त्र दिवस

सन् १९६० को सेप्टेम्बर २ मा भारत निर्वासनमा रहेका व्यक्तिले पहिलो पटक मध्यतिब्बती प्रशासनको संसदीय निकाय गठन गरेका थिए। सोही बेलादेखि सेप्टेम्बर २ लाई निर्वासनमा रहेका तिब्बतीले प्रजातन्त्र दिवसको रूपमा मनाउँछन्।न्युज कारखाना 

Logo