एसिया महादेशमा विपद्का घटनामा वृद्धि: विश्व मौसम सङ्गठन

एसिया महादेशमा विपद्का घटनामा वृद्धि: विश्व मौसम सङ्गठन

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समयमा अतिजन्य मौसम, जलवायु तथा जलका कारण सिर्जित विपद्का घटनामा वृद्धि भए पनि पूर्वानुमान तथा पूर्वसूचनाले गर्दा मृत्युदर चाहिँ घटेको देखिएको छ।

विश्व मौसम सङ्गठनले प्रकाशन गरेको प्रतिवेदनले पछिल्लो ५० वर्षमा (सन् १९७०–२०१९) अतिजन्य मौसम, जलवायु तथा जलका कारण सिर्जित विपद्का घटनाको वृद्धि भएको देखाएको हो। पूर्वानुमान तथा पूर्वसूचनाका कारण मृत्युदर चाहिँ घटेको प्रतिवेदनमा उल्लेख छ।

एसियामा पछिल्लो ५० वर्षमा तीन हजार ४५४ वटा विपद्का घटना भएको र सो घटनाका कारण नौ लाख ७५ हजार ६२२ ले ज्यान गुमाएको र एक दशमलव दुई ट्रिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको प्रतिवेदनमा जनाइएको छ। 

अतिजन्य मौसम, जलवायु तथा जलका कारण सिर्जित विश्वभर घटेका विपद्का घटनामध्ये ३१ प्रतिशत घटना एसियामा घट्ने गरेको छ। यस्ता घटनाबाट विश्वभर ज्यान गुमाएका मध्ये ४७ प्रतिशत एसियाका नागरिक पर्दछन् भने विश्वभर भएको आर्थिक क्षतिमध्ये ३१ प्रतिशत क्षति एसियाली देशमा हुने गरेका छन्। 

यस्तो क्षति बाढीबाट ४५ प्रतिशत र आँधीका कारण ३६ प्रतिशत भएको प्रतिवेदनमा औँल्याइएको छ। त्यसैगरी ज्यान गुमाएका मध्ये ७२ प्रतिशत आँधीका कारण छन् भने आर्थिक क्षतिको ५७ प्रतिशत बाढीका कारण हुने गरेको तथ्याङ्क छ।रासस 

Logo