इतिहासमा आजः जर्मनीद्वारा फ्रान्सविरुद्ध युद्ध घोषणादेखि कतारको स्वतन्त्रतासम्म

इतिहासमा आजः जर्मनीद्वारा फ्रान्सविरुद्ध युद्ध घोषणादेखि कतारको स्वतन्त्रतासम्म

केन्द्रबिन्दु
0
Shares

आज सेप्टेम्बर ३ । आजको मितिमा विश्व इतिहासमा जर्मनी र फ्रान्सले एक अर्कोविरुद्ध युद्ध घोषणादेखि कतारको स्वतन्त्रतालगायतका घटना भएका थिए। प्रस्तुत छ आज भएका केही विश्व घटनाः
जर्मनी र फ्रान्सद्वारा एकअर्कोबिरुद्ध युद्ध घोषणा
रसियाबिरुद्ध युद्ध घोषणा गरेको दुई दिनपछि जर्मनीले सन् १९१४ को ३ सेप्टम्बरमा फ्रान्सबिरुद्ध पनि युद्ध घोषणा गरेको थियो। दीर्घकालिन रणनीतिसहित तत्कालिन जर्मन सेनाका प्रमुख अल्फ्रेड भोन सिचिलफेनको योजनाअनुसार जर्मनीले रसिया र फ्रान्सविरुद्ध युद्ध घोषणा गरेको थियो। तयसको केही घन्टापछि फ्रान्सले पनि जर्मनीबिरुद्ध युद्ध घोषणा गरेको थियो।
 
कतारको स्वतन्त्रता
खाडी मुुलुक कतारले आज नै स्वतन्त्रता पाएको थियो। व्रिटिश शासनको ५५ वर्षपछि ३ सेप्टेम्बर १९७१ मा कतारले स्वतन्त्रता पाएको थियो। कतारले हरेक वर्ष ३ सेप्टेम्बरलाई स्वतन्त्र दिवस मनाउँछ। 
 
पेरिस सन्धीमा हस्ताक्षर
सन् १७८३ मा बेलायत र अमेरिकाबीच पेरिस सन्धीमा हस्ताक्षर भएको थियो।  हस्ताक्षरसँगै अमेरिकी क्रान्ति सकिएको थियो। सन् १७८२ को प्रारम्भिक सन्धीको जगमा अडेर सम्झौताले अमेरिकी स्वतन्त्रतालाइ मान्यता दिएको थियो।

इ बेको स्थापना
अनलाइन दुनियाकै चर्चित कम्पनी अमरिकाको बहुराष्ट्रिय व्यापारसम्बन्धी कर्पोरशन हो इ बे। ई बेले बजार र लिलामलगायतका अनलाइनसम्बन्धी विश्वव्यापी व्यापार गर्छ। पाइरी ओमिदयारले सन् ३ सेप्टेम्बर १९५५ मा यसको स्थापना गरेका थिए।
 
दायाँबाट गाडि चलाउन सुरु
सन् १९६७ देखि स्वीडेनका चालकहरुले सडकमा दायाँबाट गाडि चलाउन थालेका थिए। यसअघि स्वीडेनमा बायाँबाट गाडि चलाइन्थ्यो।न्युज कारखानाबाट

Logo