भारतमा दैनिक सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुने थोरै

भारतमा दैनिक सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुने थोरै

केन्द्रबिन्दु
0
Shares

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएको छ। पछिल्लो २४ घण्टामा ४५ हजार ३५२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ३४ हजार ७९१ जना मात्रै सङ्क्रमणमुक्त भएका छन्।  

सोही अवधिमा ३६६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृतकको सङ्ख्या अघिल्लो दिनको भन्दा थोरै हो। सङ्क्रमण सबैभन्दा धेरै केरला राज्यमा फैलिएको छ। देशभरीको बाँकी भागमा भन्दा केरला राज्यमा अत्यधिक धेरै रहेको देखिएको छ। 

सरकारी अधिकारीले दिएको पछिल्लो विवरणअनुसार केरलामा मात्रै पछिल्लो एक दिनमा ३२ हजार ९७ जना नयाँ सङ्क्रमित थपिएका छन्। 

भारतमा अहिलेसम्म चार लाख ३९ हजार ८९५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २९ लाख तीन हजार २८९ पुगेको छ।

ती मध्ये तीन लाख ९९ हजार ७७८ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन्। सक्रिय सङ्क्रमितको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ।

Logo