इतिहासमा आजः गुगलकाे स्थापनादेखि मदर टेरेसा सन्त घोषितसम्म

इतिहासमा आजः गुगलकाे स्थापनादेखि मदर टेरेसा सन्त घोषितसम्म

केन्द्रबिन्दु
0
Shares

आज ४ सेप्टेम्बर। विश्व इतिहासमा आज बिभिन्न राजनीतिक तथा सामाजिक घटना भएका थिए। आज बिश्वप्रसिद्ध सर्च इन्जिन गुगलको स्थापनादेखि अमेरिकी अश्वेत लेखक रिचार्ड राइटको जन्म भएको थियो।

गुगलको स्थापना
सन् १९९८ मा विश्वप्रसिद्ध सर्च इन्जिन गुगलको स्थापना भएको थियो। नयाँ सूचना खोजीको पर्याय बनेको इन्टरनेट कम्पनी गुगललाइ ल्यारी पेज र सर्जी व्रिनले विश्वव्यापी वेबको रुपमा पहिलो पटक बिकसित गरेका थिए। पेज र ब्रिन स्टानफोर्ड युनिर्भसिटीमा विद्यार्थी हुँदा गुगललालाई अनुसन्धान परियोजनाको रुपमा प्रयोग गरिएको थियो।

नेपोलियन तृतीयको सत्ताबाट पलायन
सन् १८७० मा नेपोलियन तृतीय फ्रान्सको सत्ताबाट हटेका थिए। फ्रान्सका पहिलो निर्वाचित राष्ट्रपति नेपोलियनले सन् १८५२ मा सम्राटको पदवी लिएका थिए। फ्रान्स र पर्सियाको युद्धमा फ्रान्सको हारपछि नेपोलियनको सत्ता पलायन यात्रा सुरु भएको थियो। सत्ताच्युत भएपछि बेलायत निर्वासनमा रहेका उनको १८७३ को ९ जनवरीमा मृत्यु भएको थियो।

मदर टेरेसा सन्त घोषित
गरिबका लागि जीवन अर्पण गरेकी मदर टेरेसालाई सन् २०१६ को सेप्टेम्बर ४ मा भ्याटिकन सिटीमा आयोजित एक समारोहमा ‘सन्त’ घोषणा गरिएको थियो। सेन्ट पिटर स्क्वायरमा दशौं हजार श्रद्धालुका अगाडि पोप फ्रान्सिसले उनलाई सन्त घोषणा गरेका थिए। सन् १९७९ शान्तितर्फको नोबेल शान्ति पुरस्कार विजेता टेरेसाको जन्म सन् १९१० को २६ अगस्टमा म्यासेडोनियामा भएको थियो।

रिचार्ड राइटको जन्म
आजकै दिन अर्थात १९०८ को ४ सेप्टेम्बरमा अफ्रिकी मुलका अमेरिकी लेखक रिचार्ड राइटको मिसिसिपीमा जन्म भएको थियो। उपन्यासकार तथा कथाकार राइटले अमेरिकामा अश्वेतमाथि गोराले गर्ने व्यवहारको लेखनमार्फत चर्को बिरोध गर्थे। नटिभ सन र ब्ल्याक ब्वाई उनका महत्वपूर्ण कृति हुन्।
 
कोडाकको स्थापना
सन् १८८८ मा छापा तथा तस्बिरसम्बन्धी कम्पनी कोडाक स्थापना भएको थियो। आजकै दिन इस्टम्यानले रोल फिल्म क्यामेराको कपिराइट पाएका थिए।'न्युज कारखाना

Logo