भारतमा करिब ६८ करोडले लगाए कोरोनाविरुद्धको खोप, संक्रमण दर घटेन

भारतमा करिब ६८ करोडले लगाए कोरोनाविरुद्धको खोप, संक्रमण दर घटेन

केन्द्रबिन्दु
0
Shares

भारतमा अहिलेसम्म कोरोनाभाइरस विरुद्धको खोप ६७ करोड ७२ लाखले  लगाएका छन् । 

सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले अहिलेसम्म खोप लगाएका हुन् । तीमध्ये ५८ लाख ८५ हजार जनाले पछिल्लो २४ घण्टामा मात्रै खोप लगाएको उनीहरुको भनाइ छ ।

खोप लगाएका मध्ये एक करोड तीन लाख ६० हजार २४८ जना स्वास्थ्यकर्मी रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

त्यसैगरी पछिल्लो एक दिनमा ३६ हजार ३८५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यो सङ्ख्या ९७.४३ प्रतिशत हो ।  

भारतमा अहिलेपनि चार लाख पाँच हजार ६८१ जना सङ्क्रमित अवस्थामै रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या पुनः दिनप्रति दिन बढ्दै गइरहेको छ । 

भारतमा पछिल्लो २४ घण्टामा ४२ हजार ६८२ जना नयाँ सङ्क्रमित थपिँदा ३६ हजार ३८५ जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । रासस\एएनआई
 

Logo