युरोपियन युनियनद्वारा तालिबान सरकारलाई सहयोगका लागि पाँच शर्त

युरोपियन युनियनद्वारा तालिबान सरकारलाई सहयोगका लागि पाँच शर्त

केन्द्रबिन्दु
0
Shares

युरोपियन युनियनले अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि विभिन्न पाँच वटा शर्त अघि सारेका छन्। 

युरोपेली युनियनका विदेशमन्त्रीले ती शर्त राखेका हुन्। स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका विदेशमन्त्रीको दुई दिने बैठकपछि यस्ताे जानकारी  दिइएको छ। 

उक्त बैठकपछि युनियनको विदेश नीति प्रमुख जोसेफ बरेलले सो कुराको जानकारी दिएका हुन्। उनले युरोपियन युनियनका विदेशमन्त्रीले तालिबान सरकारलाई सहयोग गर्नका लागि ती शर्त राखेको बताए। 

उनका अनुसार यसका लागि सबैभन्दा पहिला तालिबानले अफगानिस्तानमा आतङ्ककारीलाई प्रश्रय दिने अथवा यहाँ आतंकवादी उत्पादन केन्द्रजस्तो गरि अरु देशलाई असर गर्ने काम गर्न नहुने बताइएको छ। 

त्यस्तै अर्काे शर्तका रुपमा उनीहरुले मानवअधिकारलाई पनि अघि सारेका छन्। अफगानिस्तानमा तालिबान सरकारले मानवअधिकारको सम्मान र रक्षा गर्नुपर्ने, महिला अधिकार, प्रेस स्वतन्त्रता हुनुपर्ने र कानुनी शासनको प्रत्याभूति हुनुपर्ने पनि सो शर्तमा अघि सारिएको छ। 

यी शर्त पालना गरेमा मात्र तालिबान सरकारलाई सहयोग गर्न सकिने युरोपियन युनियनका विदेशमन्त्रीले जनाएका छन्। 

Logo