पन्जशिरलाई कब्जा गरेको तालिवानको दाबी, विद्रोही भन्छन्-लडाइँ जारी छ

पन्जशिरलाई कब्जा गरेको तालिवानको दाबी, विद्रोही भन्छन्-लडाइँ जारी छ

केन्द्रबिन्दु
0
Shares

तालिवानले पछिल्लो समय अफगानिस्तानमा द्वन्द्वको केन्द्रबिन्दु बनेको पन्जशिर उपत्यका आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ। तर, तालिवानको दाबीलाई अफगान रेसिस्टेन्स फोर्सले अस्वीकार गरेको छ। विगत चार दिनदेखि जारी युद्धमा फोर्सतर्फ ठूलो क्षति भएको बताइएको छ। 

तालिवानले पन्जशिरमा विजय हासिल गरेको भन्दै अफगानिस्तान अब युद्धको दलदलबाट बाहिरिएको दाबी गरेका छन्। ‘विजयसँगै हाम्रो देश युद्धको दलदलबाट बाहिर निस्किएको छ,’ तालिवान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले भने।

तर, फोर्सले भने तालिवानको दाबी अस्वीकार गर्दै युद्ध जारी राख्ने जनाएको छ। अहिले रणनीतिक ढंगले युद्ध जारी रहेको भन्दै फोर्सले भनेको छ, ‘तालिवानविरुद्धको युद्ध जारी रहनेछ।’ यसअघि फोर्सले आफ्नोतर्फ ठूलो क्षति सामना गरेपछि तालिवानसँग शान्तिवार्ताको प्रस्ताव गरेको विवरण सार्वजनिक भएको थियो।न्युज कारखाना
 

Logo