इतिहासमा आजः निक्सनलाई सफाइदेखि द्वितीय विश्वयुद्धमा जापानको आत्मसर्मपणसम्म

इतिहासमा आजः निक्सनलाई सफाइदेखि द्वितीय विश्वयुद्धमा जापानको आत्मसर्मपणसम्म

केन्द्रबिन्दु
0
Shares

आज सेप्टेम्बर ८। आजको दिन विश्व इतिहासमा केही राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही विश्व घटनाः

युगोस्लाभियाबाट म्यासेडोनिया स्वतन्त्र
चारैतिर मरुभूमिले घेरेको बाल्कन मुलुक म्यासेडोनिया सन् १९९१ मा स्वतन्त्र भएको थियो। युगोस्लाभियाबाट स्वतन्त्र हुने की नहुने भन्ने बारेमा भएको जनमत संग्रहमा ९६ प्रतिशतले पक्षमा मतदान गरेका थिए। 

रिचर्ड निक्सनलाई सफाई
अमेरिकाका ३८ औ राष्ट्रपति बनेका जिराल्ड आर फोर्डले सन् १९७४ मा सार्वजनिक महत्वका चार हजार तीन सय ११ ओटा निर्णय गरेका थिए। जस अन्तर्गत उनले आफ्ना अग्रज तथा तत्कालिन राष्ट्रपति रिचार्ड निक्सनले कुनै अपराध गरेको भए माफी दिने बताएका थिए। 

चर्चित वाटरगेट काण्डमा दोषी पाइएपछि अमेरिकी सदनले उनीमाथि महाअभियोग लगाउने तयारी गरिरहेकै बेला उनले पदबाट राजीनामा दिएका थिए। उनलाई माफी दिने घोषणा बिबादमा तानिएको थियो। त्यसको दुई वर्षपछि भएको निर्वाचनमा निक्सन पराजित हुनुमा त्यो पनि प्रमुख कारण रहेको बताइएको छ। 

किशोरीको दैवी शक्ति 
आजकै दिन सन् १४२९ मा फ्रान्सेली एक सामन्य गाँउले तर सुन्दर किशोरी  जोन अफ आर्कले दैवी शक्तिको आडमा तत्कालिन राजा ड्युक अफ बुरगुन्डाई अपदस्थ गरि नयाँ राजा चाल्स तृतीयको सत्ताआरोहणमा सहयोग गरेकी थिइन्।

द्वितीय विश्व युद्धमा जापानद्वारा आत्मसर्मपण
सन् १९४५ मा द्वितीय विश्व युद्धमा कोरियाली प्रायद्धीपमा प्रवेश गरेपछि जापानले सोभियत फौजसमक्ष आत्मसर्मपण गरेको थियो।न्युज कारखानाबाट

Logo