इतिहासमा आजः उत्तर कोरियाको स्थापनादेखि ताजिकिस्तानको स्वतन्त्रतासम्म

इतिहासमा आजः उत्तर कोरियाको स्थापनादेखि ताजिकिस्तानको स्वतन्त्रतासम्म

केन्द्रबिन्दु
0
Shares

आज सेप्टेम्बर ९। विश्वमा आज विभिन्न सामाजिक र तथा राजनीतिक घटना भएका थिए। प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः

वेलायतकी महारानीको रेकर्ड
सन् २०१५ मा वेलायती महारानी एलिजावेथ द्वितीय बेलायती राजतन्त्रको इतिहासमा सर्वाधिक बढी गद्दीमा बस्ने व्यक्ति बनेकी थिइन्। सोही वर्षको सेप्टेबर ९ मा उनले महारानी भिक्टोरियाको रेकर्ड तोडेकी थिइन्। सन् १८३७ को २० जुनमा राजगद्दी आरोहण गरेकी भिक्टोरियाले ६३ वर्ष सात महिना दुई दिनपछि राजीनामा दिएकी थिइन्। 

पानामाका पूर्व शासक अमेरिकी जेलबाट रिहा
पानामाका पूर्व सैनिक शासक म्यानुअल नोरोगा १७ वर्षको अमेरिकी काराबासपछि सन् २००७ मा थुनामुक्त भएका थिए। लागूऔषध तस्करी, सम्पत्तीको हिनामिना र ठगी धन्दाको अभियोगमा उनी जेल परेका थिए। 

ताजिकिस्तानको स्वतन्त्रता
सन् १९९१ मा मध्य एशियाली मुलुक ताजिकिस्तान सोभियत युनियनबाट स्वतन्त्र भएको थियो। १९औं शताब्दीमा भएको युद्धपछि सोभियत युनियनले ताजिकिस्तानलाई आफ्नो अधिनमा राखेको थियो। सन् १९२९ मा ताजक सोभियत सोसलिस्ट रिपब्लिक गठन गरिएको थियो। सोभियत युनियनको बिघटनपछि सन् १९९१ को सेप्टेम्बर ९ मा स्वतन्त्र भएको थियो। 

उत्तर कोरियाको स्थापना
सन् १९४८ मा किम इल सुङले उत्तर कोरिया स्थापना गरेका थिए। द्वितीय विश्वयुद्धपछि कोरियाली प्रायद्वीप बिभाजित भएको थियो। प्रायद्वीपको उत्तरी भाग सोभियत र दक्षिणी भागलाई अमेरिकाले नियन्त्रण गरेको थियो। शीतयुद्धले एकिकरणलाई असर गरेको थियो।  सन् १९४८ को ९ सेप्टेम्बरमा किम इल सुङले प्रजातान्त्रिक जनगणतन्त्र कोरिया स्थापना गरेका थिए।न्युज कारखानाबाट

Logo