इतिहासमा आजः इथियाेपियामा ‘कु’ देखि जर्मनीमा मुसोलिनीको उद्दारसम्म

इतिहासमा आजः इथियाेपियामा ‘कु’ देखि जर्मनीमा मुसोलिनीको उद्दारसम्म

केन्द्रबिन्दु
0
Shares

आज सेप्टेम्बर १२। आज अमेरिकामा आत्मघाती हमलादेखि जर्मनीका तानाशाह बेनिटो मुसोलिनीको उद्दार भएको थियो। प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

अफ्रिकी मुलकी अमेरिकी महिला अन्तरिक्षमा  

सन् १९९२ मा पहिलो पटक अफ्रिकी मुलकी अमेरिकी महिला अन्तरिक्षमा पुगेकी थिइन्। नासाको स्पेस सटल प्रोगाम अन्तर्गत रसायनशास्त्री म्याक सी जेमिसन अन्तरिक्षमा पुगेकी थिइन्। एसटीएस ४७ यानको मिसन विज्ञ बनेर उनी अन्तरिक्षमा प्रस्थान गरेकी थिइन्। १९० घण्टामा अन्तरिक्षमा पुगेकी उनले तौलरहित बस्तु र गतिसम्बन्धी अध्ययन गरेकी थिइन्।

सन् १९७४ मा इथियाेपियामा 'कु'

सन् १९७४ मा इथियाेपियामा सेनाको फौजले तत्कालिन शासक हेली सिलासीलाई 'कु' गरेको थियो। 'कु' पछि सिलासीलाई कैद गरिएको थियो। कैद गरिएको दुई वर्षपछि अर्थात सन् २०१५ को २८ अगस्टमा उनको मृत्यु भएको थियो। सिलासीलाई धेरै इथियाेपियालीले मसिह मान्थे।

लुना १६  को चन्द्रमामा प्रस्थान

अन्तरिक्ष यान लुना १६ ले चन्द्रमामा पहिलो पटक रोबोटिक अनुसन्धान गरेको थियो। सन् १९७० सेप्टेम्बर १२ मा सोभियत युनियनले चन्द्रमामा पठाएको लुनाले केही ढुंगाको नमुना संकलन गरेर २४ सेप्टम्बरमा पृथ्वीमा फर्किएको थियो।

इटालीमा मुसोलिनीको उद्दार

सन् १९४३ मा हिट्लरको आदेशमा जर्मनीको सेनाले हवाई छापा मारेको थियो। अपरेसन इची नाम दिइएको सो हवाई छापाको उदेश्य एउटा रिसोर्टबाट इटालेली तानाशाह बेनिटो मुसोलिनीको उद्दार गर्नु थियो। इटालीका तत्कालिन राज भिक्टोर इम्यानुअल तृतीयको आदेशमा उनलाई त्यहाँ नियन्त्रणमा लिइएको थियो। ग्लाइडरहरुको प्रयोगमा जर्मनी सेना सो रिसोर्टमा प्रवेश गरी मुसोलिनीको उद्दार गरेको थियो।न्युज कारखाना

Logo