चालकको लापरबाहीले एयर एन्डिया एक्सप्रेसको विमान दुर्घटनाः अध्ययन प्रतिवेदन

चालकको लापरबाहीले एयर एन्डिया एक्सप्रेसको विमान दुर्घटनाः अध्ययन प्रतिवेदन

केन्द्रबिन्दु
0
Shares

चालकको लापरबाहीका कारण गत वर्ष अगस्टमा भारतको एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना भएको खुलासा भएको छ। विमान दुर्घटनाबारे गठित अध्ययन समितिको अध्ययन प्रतिवेदनले सो खुलासा गरेको हो।

एक सय ९० यात्रु सवार सो विमान दक्षिणी केरलाको कालिकट विमानस्थलमा दुर्घटना भएको थियो। दुर्घटनमा दुई पाइलटसहित २१ यात्रुको मृत्यु भएको थियो। दुर्घटनामा ७५ जना यात्रु गम्भिर घाइते भएका थिए। 

कोरोना संक्रमित भारतीय नागरिकलाई बोकेर दुबईबाट भारत उडेको बोइङ ७३७ विमान धावनमार्गमा चिप्लिएर दुई टुक्रा भएको थियो। सो विमान दोस्रो पटक अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो। दुर्घटनाको दिन विमानस्थलमा भीषण बर्षा भएको थियो।न्युज कारखाना

Skip This
Skip This
Logo