इतिहासमा आजः हेगमा फ्रोन्सली दूतको अपहरणदेखि ओस्लो सम्झौतामा हस्ताक्षरसम्म

इतिहासमा आजः हेगमा फ्रोन्सली दूतको अपहरणदेखि ओस्लो सम्झौतामा हस्ताक्षरसम्म

केन्द्रबिन्दु
0
Shares

आज सेप्टेम्बर १३। आज विश्व इतिहासमा राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ केही महत्वपूर्ण घटनाः

ओस्लो सम्झौतामा हस्ताक्षर
सन् १९९३ मा ओस्लो सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौतापछि प्यालेस्टेनमा अन्तरिम सरकार तथा प्यालेस्टिनी राष्ट्रिय निकाय (पीएनए) को स्थापना भएको थियो। त्यस्तै, सो सम्झौताअनुसार वेस्ट वैंक तथा गाजाबाट इजरेली फौज स्वदेश फर्किएको थियो। 

हेगमा फ्रोन्सली दूतको अपहरण
लेबनानमा स्थापना भएको कम्युनिष्ट लडाकु समूह जापानी रेड आर्मीका तीन जवान हेगस्थित फ्रोन्सली  दूतावासमा पसेर फ्रान्सका राजदूतसहित १० जनालाइ बन्धक बनाएका थिए। लडाकुले आफ्ना अर्का सदस्यको सकुशल रिहा गर्नुका साथै दूतावासबाट केही रकमसमेत लगेका थिए। माग पुरा भएपछि बन्धक बनाइएका सबैलाई सकशुल रिहा गरिएको थियो।

न्युजिल्याण्डको संसदले पायो पहिलो महिला सांसद
न्युजिल्याण्डको संसदमा सर्वप्रथम सन् १९३३ मा पहिलो पटक महिला सांसद निर्वाचित भएकी थिइन्। संसदको उपनिर्वाचनमा एलिजाबेथ म्याककोम्बस विजयी भएकी थिइन्। पतिको मृत्युपछि रिक्त पदमा उनी चुनावमा प्रतिष्प्रर्धा गरेकी थिइन्।

रेकर्ड गरिएको विश्वको पहिलो सवारी दुर्घटना
विश्वमा विभिन्न सवारी दुर्घटना हुने गरेका छन्। दुर्घटनाकै कारण दैनिक दर्जनौंको ज्यान जान्छ। तर, सवैभन्दा पहिला कहाँ र कहिले सवारी दुर्घटना भएको थियो भन्ने बारेमा सबैको चासो हुन सक्छ। न्युयोर्क सहरका हेनरी एच ब्लिसको बाटो काट्ने क्रममा एउटा ट्याक्सीको ठक्करबाट ज्यान गएको थियो। यो नै रेकर्ड गरिएको विश्वको पहिलो सवारी दुर्घटना हो।न्युज कारखाना

Skip This
Skip This
Logo