इतिहासमा आजः अफगान राष्ट्रपतिको हत्यादेखि अमेरिकी सेनाद्वारा मेक्सिको सिटी कब्जासम्म

इतिहासमा आजः अफगान राष्ट्रपतिको हत्यादेखि अमेरिकी सेनाद्वारा मेक्सिको सिटी कब्जासम्म

केन्द्रबिन्दु
0
Shares

आज १४ सेप्टेम्बर। आज विश्व इतिहासमा महत्वपूर्ण सामाजिक र राजनीतिक घटनाक्रम विकसित भएका थिए। मानिसले बनाएको पहिलो यान चन्द्रमामा पुग्नेदेखि अफगानिस्तानका तत्कालिन राष्ट्रपति नुर मुहम्द तारकीको गोली हानेर हत्या भएको थियो। प्रस्तुत छ केही महत्वपूर्ण घटनाः

अफगान राष्ट्रपतिको हत्या
सन् १९७२ को १४ सेप्टेम्बरमा अफगानिस्तानका तत्कालिन राष्ट्रपति नुर मुहम्द तारकीको गोली हानेर हत्या भएको थियो। तारकीका कट्टर बिरोधी हफिजुल्लाह अमिनको निर्देशनमा सो हत्या भएको थियो। तारकीको हत्यापछि राष्ट्रपति बनेका अमिनको तीन महिनापछि सोभियत सेनाको अपरेसन स्ट्रोम–३३३ नामक सैन्य कारबाहीमा मृत्यु भएको थियो।

मानिसले बनाएको यान चन्द्रमामा 
सोभियत अन्तरिक्ष अनुसन्धान यान लुना २ चन्द्रमामा पुग्ने मानिसले बनाएको पहिलो यान हो। सन् १९५९ को १२ सेप्टेम्बरमा पठाइएको लुना १४ सेप्टेम्बरमा चन्द्रमामा पुगेर हराएको थियो। चन्द्रमामा पुग्ने वित्तिकै लुनाको पृथ्वीसँगको सम्पर्क बिच्छेद भएको थियो।

अमेरिकाका २५औं राष्ट्रपतिको मृत्यु
सन् १९०१ को  १४ सेप्टेम्बरमा अमेरिकाका २५औं राष्ट्रपति विलियम म्याककिन्लेको मृत्यु भएको थियो। ६ सेप्टेम्बरमा एउटा सार्वजनिक कार्यक्रममा कार्यकर्तासँग हात मिलाउने क्रममा म्याककिन्लेलाई दुई जनाले गोली हानेका थिए। पेट र छातीमा गोली लागेका उनको एक सातापछि मृत्यु भएको थियो। उनको कार्यकालमा अमेरिका र स्पेनको युद्ध भएको थियो। 

अमेरिकी सेनाद्वारा मेक्सिको सिटी कब्जा
अमेरिकी जनरल विनफिल्डको नेतृत्वको सेनाले सन् १८४७ मा मेक्सिकोको राजधानी मेक्सिको सिटी कब्जा गरेको थियो।न्युज कारखाना

Skip This
Skip This
Logo