इतिहासमा आजः वेलायतका राजकुमार ह्यारीको जन्मदेखि प्योङयाङ युद्धसम्म

इतिहासमा आजः वेलायतका राजकुमार ह्यारीको जन्मदेखि प्योङयाङ युद्धसम्म

केन्द्रबिन्दु
0
Shares

आज सेप्टेम्बर १५। आज विश्व इतिहासमा केही सामाजिक र राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटनाः

प्योङयाङ युद्ध अन्त्य
सन् १८९४ मा जापान र चीनका सेनाबीचको युद्ध अन्त्य भएको थियो। सो लडाइँलाई पहिलो चीन–जापान युद्ध भनिन्छ। 

ह्यारीको जन्म
सन् १९८४ को १५ सेप्टेम्बरमा वेलायती राजकुमार ह्यारीको जन्म भएको थियो। चाल्स र डायनाको कान्छो सन्तानको रुपमा ह्यारीको जन्म भएको हो। अमेरिकी महिला मेघन मर्केलसँग विवाह गरेका ह्यारीले राजकीय सुविधा नलिने घोषणा गरेका छन्। 

जर्मनीमा विवादास्पद कानून
सन् १९३५ मा जर्मनीमा एउटा विवादास्पद कानून कार्यन्वयनमा ल्याइएको थियो। नाजी पार्टीले ल्याएको सो कानूनले यहुदीको नागरिकता रद्द गर्नुका साथै गैर यहुदी मुलका मानिससँग सम्बन्ध राख्न प्रतिबन्ध लगाइएको थियो। सोही कानूनअनुसार जर्मनीको आधिकारिक संकेत स्वस्तिका राखिएको थियो। 

राष्ट्रसंघको सेना दक्षिण कोरियामा 
सन् १९५० मा कोरिया युद्धको समयमा दक्षिण कोरियाको इन्चोन सहरमा राष्ट्रसंघको सेना सवार एउटा विमान अवतरण गरेको थियो। सेना परिचालनसँगै कोरियाली प्रायद्धीपको तनाब झन चर्किएको थियो।न्युज कारखाना

Logo